माओवादी संसदीय दलको निर्णयः प्रमुख सचेतकमा अछामी, संसदीय बोर्ड गठन

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले राष्ट्रियसभा दलको प्रमुख सचेतकमा गोपी अछामीलाई चयन गरेको छ।

नेपालभ्युज

माओवादी संसदीय दलको निर्णयः प्रमुख सचेतकमा अछामी, संसदीय बोर्ड गठन
फाइल तस्वीर

काठमाडौं। सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले राष्ट्रियसभा दलका प्रमुख सचेतक र सचेतक छानेको छ।

आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले राष्ट्रियसभा दलको प्रमुख सचेतकमा गोपी अछामीलाई चयन गरेको छ।

बैठकले सचेतकमा गंगा बेलबासे र सचिवमा रामनारायण बिडारीलाई चयन गरेको छ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न राजनीतिक विषयमा सांदहरुले उठाएको प्रश्नको जवाफ पनि दिएका छन्। उनले हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन सांसदहरुलाई निर्देशन पनि दिएका छन्।

संसदीय दलको बैठकले माअ‍ोवादी केन्द्रको २१ सदस्यीय संसदीय बोर्ड पनि गठन गरेको छ। यस्तै, सर्वदलीय बैठक बसेर संसद्मा जारी गतिरोध हटाउन पहल गर्ने पनि निर्णय बैठकले गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved