कांग्रेस १४ औँ महाधिवेशन

सिंहको साथले दोस्रो चरणमा देउवा बलिया

अब देउवा र सिंहको गठबन्धन भएपछि देउवाको पक्षमा मतभार बढी देखिएको हो। देउवाले ल्याएको २२५८ र सिंहले ल्याएको ३७१ मत मिलेपछि अब सभापतिमा देउवा दोहोरिने पक्का जस्तै भएको हो।

नेपालभ्युज

सिंहको साथले दोस्रो चरणमा देउवा बलिया

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति पदका लागि दोस्रो चरणमा हुन लागेको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा बलिया देखिएका छन्।

पहिलो चरणमा सभापतिका प्रत्याशी बनेका प्रकाशमान सिंहले देउवालाई साथ दिने बताएपछि उनी बलिया दाबेदार बनेका हुन्।

पहिलो चरणमा भएको सभापतिको निर्वाचनमा सभापति पदका प्रत्याशी देउवाले २२५८ मत ल्याउँदा अर्का प्रत्याशी डा शेखर कोइरालाले १७२९ मत प्राप्त गरेका थिए।

राष्ट्रिय सभागृहमा भएको मतगणनामा अन्य प्रत्याशीहरु प्रकाशमान सिंहले ३७१ मत, विमलेन्द्र निधिले २४९ मत र कल्याण गुरुङले २० मत पाएका निर्वाचन समितिले जनाएको छ।

अब देउवा र सिंहको गठबन्धन भएपछि देउवाको पक्षमा मतभार बढी देखिएको हो। देउवाले ल्याएको २२५८ र सिंहले ल्याएको ३७१ मत मिलेपछि अब सभापतिमा देउवा दोहोरिने पक्का जस्तै भएको हो।

महाधिवेशनका ४ हजार ७४३ प्रतिनिधिहरूमध्ये पहिलो चरणको चुनावमा ४ हजार ६७९ मत खसेकामा सभापतिका प्रत्याशी कसैले पनि बहुमत प्राप्त गर्न सकेनन्। पहिलो चरणमै जित निकाल्नका लागि २३४० मत आवश्यक थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved