कांग्रेस १४ औँ महाधिवेशन

कांग्रेस सभापतिका लागि दोस्रो चरणमा निर्वाचन, देउवा र काेइराला भिड्ने

सभापति पदका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र शेखर कोइरालाको कडा टक्करका बीच अग्रता बनाएका देउवाले बहुमत ल्याउन सकेनन्।

नेपालभ्युज

कांग्रेस सभापतिका लागि दोस्रो चरणमा निर्वाचन, देउवा र काेइराला भिड्ने
फाइल फोटो

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापतिका लागि भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि दोस्रो चरणमा निर्वाचन हुने भएको छ।

सभापति पदका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र शेखर कोइरालाको कडा टक्करका बीच अग्रता बनाएका देउवाले बहुमत ल्याउन सकेनन्। यससँगै अब सभापतिका लागि देउवा र कोइरालाबीच दोस्रो चरणमा चुनाव हुने भएको छ।

महाधिवेशनका ४ हजार ७४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६७९ मत खसेकामा सभापतिका प्रत्याशी कसैले पनि बहुमत प्राप्त गर्न सकेनन्। पहिलो चरणमै जित निकाल्नका लागि २३४० मत आवश्यक थियो ।

बिहान चार बजेपछि शुरु भएको मतगणना सकिँदा सभापति पदका प्रत्याशी शेरबहादुर देउवाले २२५८ मत ल्याउँदा अर्का प्रत्याशी डा शेखर कोइरालाले १७२९ मत प्राप्त गरेका छन्।

राष्ट्रिय सभागृहमा भएको मतगणनामा अन्य प्रत्याशीहरु प्रकाशमान सिंहले ३७१ मत, विमलेन्द्र निधिले २४९ मत र कल्याण गुरुङले २० मत पाएका निर्वाचन समितिले जनाएको छ।

कांग्रेसको नयाँ नेतृत्व छान्नका लागि चार हजार ७४३ जना महाधिवेशन प्रतिनिधि चुनिएका थिए। जसमध्ये ६४ जना प्रतिनिधिले मतदानमा भाग लिएनन्। चार हजार ६७९ जना प्रतिनिधिले मात्रै मतदान गरे।

कांग्रेसको मतदान गएराति ११ बजे सकिएको थियो। तोकिएको समयमा मतदान नसकिएपछि निर्वाचन समितिले पटकपटक समय थप गर्दा मतदान प्रक्रिया रातिसम्म लम्बिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved