कांग्रेस १४ औँ महाधिवेशन

सभापतिको निर्वाचन दोस्रो चरणमा जाने संकेत, देउवा र कोइरालाबीच टक्कर

करीब १४ सय मत गणना बाँकी हुँदा जितका लागि देउवालाई ८०० मत ल्याउनुपर्ने हुन्छ । जसको सम्भावना निकै कम छ।

नेपालभ्युज

सभापतिको निर्वाचन दोस्रो चरणमा जाने संकेत, देउवा र कोइरालाबीच टक्कर
फाइल फोटो

काठमाडौं। नेपाली कांग्रेसको महाधिवेशनअन्र्तगत सभापति पदको मतगणना प्रारम्भिक नतिजालाई आधारमान्दा दोस्रो चरणको निर्वाचनमा जाने देखिएको छ।

सभापति पदका लागि सबै प्रदेशबाट प्राप्त मत गणना हुँदा सभापति पदका दाबेदार प्रधानमन्त्री शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने देखिएको हो।

हालसम्मको मत गणनालाई आधारमान्दा देउवाले कोइरालाको तुलनामा धेरै मत प्राप्त गरेका छन्। यद्यपि, देउवाले प्राप्त गरेको मतले उनलाई स्पष्ट बहुमत भने नदिने देखिएको हो।

यो समाचार तयार गर्दासम्म देउवाले एक हजार ५५६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कोइरालाले १ हजार १९७ मत प्राप्त गरेका छन्।

यस्तै, सभापति पदका अन्य प्रतिस्पर्धी प्रकाशमान सिंहले २५७ मत प्राप्त गर्दा विमलेन्द्र निधिले २०१ मत प्राप्त गरेका छन्। भने, कल्याण गुरुङको जम्मा १७ मत छ।

यही आधारमा देउवालाई सभापति पद जित्न अझै ८०० अतिरिक्त मत आश्वयक हुन्छ। करीब १४ सय मत गणना बाँकी हुँदा जितका लागि देउवालाई ८०० मत ल्याउनुपर्ने हुन्छ । जसको सम्भावना निकै कम छ।

प्राप्त मत परिणामलाई आधार मान्दा पनि सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुन्छ भन्न सकिन्छ।

निर्वाचनअघिदेखि नै कांग्रेसभित्र देउवालाई पहिलो चरणमा निर्वाचन जित्न जति सहज हुन्छ त्यो दोस्रो चरणमा नहुने चल्दै आएको थियो। देउवा खेमाका नेताहरुले पनि यो आंकलनलाई स्वीकार गर्दै आएका थिए।

सभापति पदका अर्का प्रतिस्पर्धी निधिले पनि सभापति पदको निर्वाचन दोस्रो चरणमा पुग्ने बताउँदै आएका थिए। उनले निर्वाचन दोस्रो चरणमा पुगेको खण्डमा सिंह, आफू र कोइराला एक ठाउँ आउने बताएका थिए।

कोइराला, सिंह र निधि एकै स्थानमा आएर सभापतिका लागि दोस्रो चरणको निर्वाचन भएको अवस्थामा देउवाको सभापति पदमा पुनः दोहोरिने चाहना कमजोर हुने देखिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved