कांग्रेस १४ औँ महाधिवेशन

२२ सय मत गन्दा देउवाले कटाए हजारको सीमा, शेखरको कति ?

राष्ट्रिय सभागृहमा जारी मतगणनामा अन्य प्रत्याशीहरु प्रकाशमान सिंहले २०५ मत, विमलेन्द्र निधिले १७४ मत र कल्याण गुरुङले १० मत पाएका निर्वाचन समितिले जनाएको छ।

नेपालभ्युज

२२ सय मत गन्दा देउवाले कटाए हजारको सीमा, शेखरको कति ?

काठमाडौं। सत्तारूढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अहिले जारी छ।

बिहान चार बजेपछि शुरु भएको मतगणनामा अहिलेसम्म दुई हजार २०६ मत गनिसकिएको छ। जारी मतगणनामा सभापति पदका प्रत्याशी शेरबहादुर देउवाले १०५१ मत ल्याउँदा अर्का प्रत्याशी डा शेखर कोइरालाले ७९३ मत प्राप्त गरेका छन्।

राष्ट्रिय सभागृहमा जारी मतगणनामा अन्य प्रत्याशीहरु प्रकाशमान सिंहले २०५ मत, विमलेन्द्र निधिले १७४ मत र कल्याण गुरुङले १० मत पाएका निर्वाचन समितिले जनाएको छ।

कांग्रेसको नयाँ नेतृत्व छान्नका लागि चार हजार ७४३ जना महाधिवेशन प्रतिनिधि चुनिएका थिए। जसमध्ये ६४ जना प्रतिनिधिले मतदानमा भाग लिएनन्। चार हजार ६७९ जना प्रतिनिधिले मात्रै मतदान गरे।

कांग्रेसको मतदान गएराति ११ बजे सकिएको थियो। तोकिएको समयमा मतदान नसकिएपछि निर्वाचन समितिले पटकपटक समय थप गर्दा मतदान प्रक्रिया रातिसम्म लम्बिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved