कांग्रेस मतगणनाः देउवालाई अग्रता, पछ्याउँदै शेखर

कांग्रेसको नयाँ नेतृत्व छान्नका लागि चार हजार ७४३ जना महाधिवेशन प्रतिनिधि चुनिएका थिए। जसमध्ये ६४ जना प्रतिनिधिले मतदानमा भाग लिएनन्। चार हजार ६७९ जना प्रतिनिधिले मात्रै मतदान गरे।

नेपालभ्युज

कांग्रेस मतगणनाः देउवालाई अग्रता, पछ्याउँदै शेखर

काठमाडौं। सत्तारढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अहिले जारी छ।

बिहान चार बजेपछि शुरु भएको मतगणनामा सभापति पदका प्रत्याशी प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता बनाइराखेका छन्। तर अर्का प्रत्याशी डा. शेखर कोइरालाले उनलाई नजिकबाट पछ्याइरहेका छन्।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा जारी मतगणनामा अन्य प्रत्याशीहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ भने दुई जनाभन्दा निकै पछाडि परेका छन्।

शुरुवाती परिणाम हेर्दा सभापित पदकाे निर्वाचन दाेस्राे चरणमा पुग्न देखिन्छ। पहिलाे चरणमा देउवालाई ५० प्रतशत मत कटाउनका लागि निकै कठिन देखिएको छ।

कांग्रेसको नयाँ नेतृत्व छान्नका लागि चार हजार ७४३ जना महाधिवेशन प्रतिनिधि चुनिएका थिए। जसमध्ये ६४ जना प्रतिनिधिले मतदानमा भाग लिएनन्। चार हजार ६७९ जना प्रतिनिधिले मात्रै मतदान गरे।

कांग्रेसको मतदान गएराति ११ बजे सकिएको थियो। तोकिएको समयमा मतदान नसकिएपछि निर्वाचन समितिले पटकपटक समय थप गर्दा मतदान प्रक्रिया रातिसम्म लम्बिएको थियो।

सभापतिको मतगणना सकिएपछि मात्रै अन्य पदाधिकारी तथा सदस्यहरुको मतगणना शुरु हुने निर्वाचन समितिले जनाएको छ। गत २४ मंसीरमा शुरु भएको १४ औँ महाधिवेशनमा हिजो मध्यान्ह मात्रै मतदान शुरु भएको थियो।

कांग्रेसको नेतृत्वका लागि देउवा, कोइरालासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच चुनाव भएको हो। यीमध्ये एक उम्मेदवारले ५० प्रतिशत मत नल्याए धेरै मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा चुनाव हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved