च्याम्पियन्स लिगको नयाँ ‘ड्र’: पीएसजी भर्सेस रियल मड्रिड, एट्लेटिको भर्सेस युनाइटेड

आजै केही समयअघि सर्वजनिक भएको ड्रमा प्राविधिक समस्या रहेको भन्दै रद्द गरिएपछि नयाँ ड्र सार्वजनिक गरिएको हो। नयाँ ड्रअनुसार अब फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनले स्पेनिस क्लब रियल मड्रिडको सामना गर्नेछ।

नेपाल भ्यूज

च्याम्पियन्स लिगको नयाँ ‘ड्र’: पीएसजी भर्सेस रियल मड्रिड, एट्लेटिको भर्सेस युनाइटेड

काठमाडौं। च्याम्पियन्स लिगको जारी सिजनको अन्तिम १६ नयाँ ड्र सार्वजनिक भएको छ। आजै केही समयअघि सर्वजनिक भएको ड्रमा प्राविधिक समस्या रहेको भन्दै रद्द गरिएपछि नयाँ ड्र सार्वजनिक गरिएको हो।

युरोपेली फुटबल महासंघ (यूईएफए) ले आज साँझ पाँच बजे तालिका निकालेको थियो। तर, त्यसमा प्राविधिक समस्या भएपछि अहिले फेरि ड्र गरिएको हो।

नयाँ ड्रअनुसार अब फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनले स्पेनिस क्लब रियल मड्रिडको सामना गर्नेछ। यसअघि, रद्द भएको ड्रमा पीएसजीको भिडन्त म्यानचेस्टर युनाइटेडसँग तय भएको थियो।

युनाइटेडले अब अन्तिम १६ मा एट्लेटिको मड्रिडसँग खेल्ने भएको छ। रद्द भएको ड्रमा एट्लेटिकोले जर्मन बायर्न म्युनिख प्रतिद्वन्द्वी पाएको थियो।

यसपटक अन्तिम १६ मा स्पेनका तीन ओटा क्लब (रियल मड्रिड, भिल्लारियल र एट्लेटिको क्लब) अटाएका छन् भने चार ओटा इंग्लिस क्लब (लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्ट युनाइटेड र चेल्सी पनि अन्तिम १६ मा पर्न सफल भए।

दुई ओटा फ्रान्सेली क्लबहरू (पीएसजी र लिल) ले अन्तिम १६ मा स्थान बनाए। त्यस्तै दुई ओटै पोर्चुगिज क्लब ( स्पोर्टिङ सीपी र बेन्फिका) पनि प्रिक्वार्टरफाइलनमा पुगेका छन्। त्यसैगरी इटालीका इन्टर मिलान र युभेन्टस पनि अन्तिम १६ मा परेका छन्।

त्यस्तै जर्मन अष्ट्रिया र नेदल्यारण्डका पनि एक एक क्लबले प्रिक्वार्टरफाइनलमा स्थान बनाउन सफल भएका छन्। उनीहरू क्रमशः बार्यन म्युनिख, रेडबुल साल्जबर्ग र आयाक्स हुन्।

अन्तिम १६ का पहिलो चरणका खेलहरू फेब्रुअरी १५ बाट शुरु हुँदै छन् भने दोस्रो चरणका खेलहरू भने मार्च ८ बाट शुरु हुनेछन्।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved