गगन थापाकी १० वर्षीया छोरी भन्छिन्– ‘कांग्रेसको भविष्य बदल्न बाबाले जित्नपर्छ’

आमा अन्जनासँगै प्रदर्शनीमार्गमा देखिएकी गार्गीले आफ्ना बुवा गगन थापाले जित्ने विश्वास व्यक्त गरिन्।

नेपालभ्युज

गगन थापाकी १० वर्षीया छोरी भन्छिन्– ‘कांग्रेसको भविष्य बदल्न बाबाले जित्नपर्छ’

काठमाडौं। नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ। प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहलगायत तीन स्थानमा मतदान जारी छ। भृकुटीमण्डपमा भोट माग्नेदेखि नाराबाजी गर्नेसम्म छन्।

भोट माग्ने कार्यमा उम्मेदवारहरू भन्दा पनि उनका समर्थकहरू बढी छन्। युवा नेता गगन थापा महामन्त्रीका उम्मेदवार हुन्। उनकी पत्नी अञ्जना र छोरी गार्गीसमेत प्रदर्शनीमार्गमा देखिए।

ललितपुरको पाटनस्थित रातो बङ्गला स्कुलमा अध्ययनरत १० वर्षीया छोरी गार्गी राजनीति नबुझे पनि चासो राख्छिन्। आमा अन्जनासँगै प्रदर्शनीमार्गमा देखिएकी उनले आफ्ना बुवा गगन थापाले जित्ने विश्वास व्यक्त गरिन्। साथै उनले आमजनतालाई खुसी बनाउने काम बुबा गगनले गर्न सक्ने बताइन्।

उनले भनिन्, “बाबा मेहनती हुनुहुन्छ। यस कारण उहाँले जित्नुहुन्छ। उहाँले बिहान घरबाट निस्कँदा पनि मैले जित्छु भनेर आत्मविश्वास देखाउनु भएको थियो। मलाई उहाँको बोलीमा धेरै भरोसा छ। उहाँले गर्नुपर्ने धेरै काम छ।”

गार्गीले थपिन्, “उहाँले अहिले जित्नुभयो भने उहाँले गर्न आँटेका धेरै काम गर्न सजिलो हुनेछ। उहाँले धेरै सपना देख्नुभएको छ। उहाँले कांग्रेसको भविष्य बदल्न सक्नुहुनेछ। आमजनतालाई खुसी बनाउने काम गर्न सक्नुहुनेछ। यस कारण उहाँले जित्नुपर्ने छ।’’


Comment

One thought on “गगन थापाकी १० वर्षीया छोरी भन्छिन्– ‘कांग्रेसको भविष्य बदल्न बाबाले जित्नपर्छ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved