च्याम्पियन्स लिगको अन्तिम १६ मा मेस्सी भर्सेस रोनाल्डो !

आज सार्वजनिक भएको लिगको ड्रअनुसार अन्तिम १६ मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड भिड्ने पक्का भएको हो।

नेपालभ्युज

च्याम्पियन्स लिगको अन्तिम १६ मा मेस्सी भर्सेस रोनाल्डो !

काठमाडौं। च्याम्पियन्स लिगको जारी सिजनको अन्तिम १६ ड्र सार्वजनिक गरिएको छ। युरोपेली फुटबल महासंघ (यूईएफए) ले आज साँझ पाँच बजे तालिका निकालेको हो।

यसपटक अन्तिम १६ मा स्पेनका तीन ओटा क्लब (रियल मड्रिड, भिल्लारियल र एट्लेटिको क्लब) अटाएका छन् भने चार ओटा इंग्लिस क्लब (लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्ट युनाइटेड र चेल्सी पनि अन्तिम १६ मा पर्न सफल भए।

दुई ओटा फ्रान्सेली क्लबहरू (पीएसजी र लिल) ले अन्तिम १६ मा स्थान बनाए। त्यस्तै दुई ओटै पोर्चुगिज क्लब ( स्पोर्टिङ सीपी र बेन्फिका) पनि प्रिक्वार्टरफाइलनमा पुगेका छन्। त्यसैगरी इटालीका इन्टर मिलान र युभेन्टस पनि अन्तिम १६ मा परेका छन्।

त्यस्तै जर्मन अष्ट्रिया र नेदल्यारण्डका पनि एक एक क्लबले प्रिक्वार्टरफाइनलमा स्थान बनाउन सफल भएका छन्। उनीहरू क्रमशः बार्यन म्युनिख, रेडबुल साल्जबर्ग र आयाक्स हुन्।

अन्तिम १६ का पहिलो चरणका खेलहरू फेब्रुअरी १५ बाट शुरु हुँदै छन् भने दोस्रो चरणका खेलहरू भने मार्च ८ बाट शुरु हुनेछन्। जसअनुसार रियल मड्रिडलले बेन्फिकासँग प्रतिस्पर्धा गर्दा लिभरपुलले साल्जबर्ग प्रतिद्वन्द्वी पाएको छ। इन्टर मिलानले अयाक्ससँग खेल्दा चेल्सीले लिलसँग खेल्नेछ।

यसैगरी बार्यन म्युनिखले एट्लेटिकोको सामना गर्दा सिटीले भने भिल्लारियल प्रतिद्वन्द्वी पाएको छ। यता पोर्चुगिज स्टार खेलाडी रोनाल्डो र अर्जेन्टिनी फरवार्ड लियोनल मेसी च्याम्पिन्स लिगको अन्तिम १६ मै भेट गर्दैछन्। म्यानचेस्टर युनाइटेडले फेब्रुअरी १५ मै पीएसजीसँग खेल्दै छ। यसैगरी युभेन्टसले स्पोर्टिङ सीपीसँग खेल्नेछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved