आर्थिक समस्याले पिरोलेपछि ट्याक्सी चलाउँथे पुटिन

नेपालभ्युज

आर्थिक समस्याले पिरोलेपछि ट्याक्सी चलाउँथे पुटिन

एजेन्सी। १९९१ मा सोभियत संघ विघटन भएपछि रुसको आर्थिक कठिनाई निकै बढेको थियो। रुबलको मुल्य निकै तल झरेको थियो।

जसकारण रुसीहरुले पैसा कमाउनका लागि नयाँ तरिका अपनाउन थालेका थिए।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार आर्थिक कठिनाईको सामना गर्न उनले त्यतिबेला ट्याक्सी चलाउने गरेका थिए।

भर्खरै सार्वजनिक भएको ‘रसिया : लेटेस्ट हिस्ट्री’ नामक डकुमेन्ट्रीमा पुटिनले यस्तो खुलासा गरेका हुन्।

यस डकुमेन्ट्री आइतबार प्रशारणमा आएको थियो। ‘सोभियत संघको विघटन ऐतिहासिक रुसको विघटन थियो,’ डकुमेन्ट्रीमा पुटिनले भनेका छन्।

पुटिनका अनुसार पश्चिमा राष्ट्रहरुले भविष्यमा रुस अझै विघटित हुँदै जाने ठानेका थिए।

”धेरैपटक मलाई अतिरिक्त पैसा कमाउनुपरेको थियो। मैले कारबाट एक निजी ड्राइभर बनेर अतिरिक्त पैसा कमाएँ, ईमानदार कुरा गर्नुलाई अप्रिय ठानिन्छ, तर सत्य यही थियो।”

यस समय रुसमा ट्याक्सी निकै दुर्लभ थियो। र, मानिसहरु कमाईका लागि आफ्ना ट्याक्सी नचिनेका मानिसलाई भाडामा दिन्थें। केही मानिसहरुले एम्बुलेन्सलाई पनि ट्याक्सीका रुपमा चलाउँथे।

सोभियत संघ विघटन हुनअघि १९९० को शुरुवातमा पुटिनले सेन्ट पिटर्सवर्गका तत्कालीन मेयर एनाटोली सोबचकको कार्यालयमा काम गर्ने गरेका थिए। त्यसअघि उनी सोभियत गुप्तचर संस्था केजिबीका एजेन्ट थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved