कांग्रेस महाधिवेशन – १३ सय ६५ मत खस्यो

मतदानअन्तर्गत पौने ४ बजेसम्म तीन ओटै बुथमा गरी १ हजार तीन सय ६५ मत खसेको निर्वाचन समितिले जनाएको छ।

नेपालभ्युज

कांग्रेस महाधिवेशन – १३ सय ६५ मत खस्यो

काठमाडौं। नेपाली कांग्रेस महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि अहिले निर्वाचन भइरहेको छ। सोमबार बिहान ८ बजेदेखि शुरु हुने भनिए पनि साढे ११ बजे मतदान शुरु भएको थियो।

मतदानअन्तर्गत पौने ४ बजेसम्म तीन ओटै बुथमा गरी १ हजार तीन सय ६५ मत खसेको निर्वाचन समितिले जनाएको छ।

विभिन्न कल्स्टरहरूमा उम्मेदवारहरूलाई भोट हाल्नुपर्ने हुँदा मतदातालाई बढी समय लागेको देखिएको छ। एक जना मतदाताले बढीमा आधा घण्टासम्म समय लगाएका देखिन्छ। मतदाता ४ हजार ७ सयभन्दा बढी छन्। यो हिसाबाले मतदान सकिँदा मध्यराति १२ बज्न सक्ने अनुमान गरिएको छ।
भृकुटीमण्डपमा दुई ओटा र राष्ट्रिय सभा गृह गरी तीन मतदानस्थलबाट निर्धारित समयभन्दा साढे तीन घण्टा ढिलो गरी मतदान शुरु भएको हो। कांग्रेस केन्द्रीय समितिका लागि सभापतिसहित १ सय ३४ पदमा झन्डै पाँच सय जनाले उम्मेदवारी दिएका छन्।

भोट हालेका फर्किएका तथा केन्द्रीय सदस्य उम्मेदवारसमेत रहेका नेता दिलेन्द्रप्रसाद बडूका अनुसार मतदान गर्न निकै समय लागिरहेको छ। उनले भने, “भोट हाल्न एक जनालाई कम्तीमा आधा घण्टा लाग्ने गरेको छ, यस्तोमा आज मध्यरातसम्म मतदान गरेर सकिँदैन।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved