ए डिभिजन लिग फुटबल

पुलिसको पहिलो हार

दशरथ रंगशालामा भएको सोमबारको पहिलो खेलमा संकटाका निरज बस्नेतले पहिलो हाफमा गरेको गोल नै पुलिसको हारका लागि पर्याप्त बन्यो।

नेपालभ्युज

पुलिसको पहिलो हार

काठमाडौं। उपाधिको प्रबल दाबेदारको रुपमा रहेको नेपाल पुलिस क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबसँग १–० गोलअन्तरले पराजित भएको छ।

दशरथ रंगशालामा भएको सोमबारको पहिलो खेलमा संकटाका निरज बस्नेतले पहिलो हाफमा गरेको गोल नै पुलिसको हारका लागि पर्याप्त बन्यो।

खेलको १८ औँ मिनेटमा नै लक्ष्मण रुचालको कर्नर बलमा हेडरमार्फत गोल गर्दै निरजले संकटालाई अग्रता दिलाएका थिए।

त्यसपछि बाँकी खेलमा, विशेषगरि दोस्रो हाफमा पुलिसले राम्रो खेल देखाए पनि प्राप्त मौकाहरुलाई सदुपयोग गर्न नसक्दा खेलमा १-० को हार भोग्न बाध्य भयो।

लिगमा पहिलो हारको सामना गरेको पुलिस चार खेलमा मात्र पाँच अंकसहित सातौँ स्थानमा छ।

संकटा भने चार खेलमा यो दोस्रो जितपछि आठ अंक जोड्दै चौंथो स्थानमा उक्लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved