क्याम्पसक‍ो सूचना: ‘टिकटक बनाए मोबाइल जफत’

टिकटक बनाउँदा विद्यार्थीहरुलाई पढाइमा असर परेकाले कैलालीका दुई क्याम्पसले टिकटक बनाउन प्रतिबन्ध लगाएका हुन्।

क्याम्पसक‍ो सूचना: ‘टिकटक बनाए मोबाइल जफत’

धनगढी। कैलालीका क्याम्पसहरुले क्याम्पसको संरचना आउने गरेर तथा क्याम्पस पोशाकमा विद्यार्थीलाई टिकटक बनाउन प्रतिबन्ध लगाएका छन्।

टिकटक बनाउँदा विद्यार्थीहरुलाई पढाइमा असर परेकाले कैलालीका दुई क्याम्पसले टिकटक बनाउन प्रतिबन्ध लगाएका हुन्।

पढ्ने उमेरका विद्यार्थीले विदेशी संस्कृतिको नक्कल गर्दै टिकटक बनाउन लागेकोले क्याम्पस हाताभित्र टिकटक बनाउन प्रतिबन्ध लगाएको क्याम्पस प्रमुखहरुको भनाइ छ।

धनगढीको कैलाली बहुमुखी क्याम्पसले एक सूचना जारी गर्दै क्याम्पस हाताभित्र भिडिओ शेयरिङ प्लेटफर्म ‘टिकटक’का लागि भिडिओ बनाउन रोक लगाउने निर्णय गरेको हो।

विद्यार्थीहरुले क्याम्पस हाताभित्र स्मार्ट मोबाइलको प्रयोग गरेर लगातार टिकटक बनाइरहेको गुनासो आएपछि क्याम्पसले यस्तो निर्णय गरेको हो। सो सूचनाको अटेर गरेको पाइएमा आचारसंहिताअनुसार कारबाही गरिने क्याम्पस जनाएको छ।

यस्तै, कैलालीकै घोडाघोडी बहुमुखी क्याम्पसले पनि टिकटक बनाउन रोक लगाएको छ। विद्यार्थीहरुले क्याम्पस हाताभित्र लगातार टिकटक बनाइरहेको गुनासो आएपछि जिल्लाको घोडाघोडी बहुमुखी क्याम्पस, सुखडले यस्तो निर्णय गरेको हो।

आइतबार एक सूचना नै जारी गरेर क्याम्पसले अब उपरान्त क्याम्पसको संरचना आउने तथा क्याम्पस पोशाकमा टिकटक बनाइएको पाइएमा मोबाइल नियन्त्रणमा लिएर आचारसंहिताअनुसार कारबाही गरिने बताएको छ।

पढ्ने समयमा विद्यार्थीहरुले विदेशी संस्कारको नक्कल गर्दै अमर्यादित तरिकाले टिकटक बनाउने गरेकोले क्याम्पसमा टिकटक प्रतिबन्ध लगाएको कैलाली बहुमुखी क्याम्पसका प्रमुख धर्मराज उपाध्यायले बताए।

टिकटकले समाजमा विकृति फैलिरहेको र विद्यार्थीको पढाइ प्रभावित हुन थालेपछि आफूले सो कदम उठाएको समेत उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved