मतदानका लागि राष्ट्रिय सभागृह पुगे देउवा

नेपालभ्युज

मतदानका लागि राष्ट्रिय सभागृह  पुगे देउवा

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेस १४ औँ महाधिवेशनका सभापति उम्मेदवार शेरबहादुर देउवा मतदानका लागि राष्ट्रिय सभागृह पुगेका छन्।

मतपत्र छाप्न भएको ढिलाइका कारण निर्धारित साढे तीन घण्टा ढिलोगरी शुरु भएको मतदानका लागि देउवा सभागृह पुगेका हुन्।

आज हुने निर्वाचनका लागि कांग्रेस केन्द्रीय समितिका लागि सभापतिसहित १ सय ३४ पदका लागि झन्डै पाँच सय जनाले उम्मेदवारी दिएका छन्। मतदानमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिले मत खसाल्ने छन्।

मत खसाल्नका लागि तीन मतदानस्थलमा एक हजार एक सय बुथ राखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved