सबै सांसद्को कोरोना परीक्षण गरिँदै

नेपालभ्युज

सबै सांसद्को कोरोना परीक्षण गरिँदै

काठमाडौं। भोलि (२८ मंसीर)देखि संघीय संसद्को हिउँदे अधिवेशन शुरु हुँदैछ। अधिवेशन शुरु हुनु एक दिनअघि आज सबै सांसद्हरूको कोरोना परीक्षण गरिने भएको छ।

संघीय संसद् सचिवालयले आज सूचना जारी गर्दै प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष लगायत प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सबै सदस्यहरूको एन्टिजेन परीक्षण गर्न भनिएको छ।

यस्तै संघीय संसद्का महासचिव तथा सचिव, कार्यव्यवस्था महाशाखा, संसद् सुविधा व्यवस्थापन महाशाखा, प्रशासन महाशाखा, प्रविधि व्यवस्थापन महाशाखा, कानूनी परामर्श महाशाखा लगायतका सम्बन्धित महाशाखाका कर्मचारीहरू, मर्यादापालक एवं सुरक्षाकर्मीहरूको पनि कोरोना परीक्षण गरिने सचिवालयले जनाएको छ।

एन्टीजेन विधिबाट कोरोना परीक्षण भएपछि मात्र संसद भवनभित्र छिर्न दिइने संसद् सचिवालय जनाएको छ।

आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल, नयाँ बानेश्वरमा एन्टिजेन परीक्षण गर्न लागिएको शाखा अधिकृत लक्ष्मी प्रसाद ओझाले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved