कांग्रेस महाधिवेशनस्थलमा ३२ सीसी क्यामेरा

नेपालभ्युज

कांग्रेस महाधिवेशनस्थलमा ३२ सीसी क्यामेरा
फाइल तश्वीर

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ।

महाधिवेशनको सुरक्षा व्यवस्था तथा निगरानी महेन्द्र पुलिस क्लबको संयुक्त सुरक्षा कमाण्ड फोर्सबाट हुनेछ।

बाक्लो भीडभाड र चहपहललाई मध्यनजर गरी निगरानीका लागि महाधिवेशनस्थलमा ३१ ओटा सीसी क्यामेरा जडान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले जानकारी दिए।

उनका अनुसार तिनै सीसी क्यामेराको माध्यमबाट महाधिवेशनस्थलको सम्पूर्ण गतिविधि निगरानी गरिनेछ।

नेपाल प्रहरीले काठमाडौं उपत्यकाका तीनै जिल्लाको समन्वयमा ५ हजार प्रहरी परिचालन गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved