शशांक शेखर र देउवा दुवै प्यानलका उम्मेदवार

नेपालभ्युज

शशांक शेखर र देउवा दुवै प्यानलका उम्मेदवार
फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका शशांक कोइरालाको नाम सभापतिका उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइराला दुवै प्यानलमा परेको छ।

मतदानस्थलमा उम्मेदवारहरूले आफ्नो प्यानलको सूची बाँडेकोमा सभापति उम्मेदवार शेखर कोइरालालाई समर्थन गर्ने बताइसकेका शशांकको नाम देउवा प्यानलमा पनि भेटिएको हो। यद्यपि, शशांकले शेखरलाई समर्थन गर्ने बताउँदै देउवा प्यानलबाट उपसभापतिको प्रस्ताव अस्वीकार गरेका थिए।

शशांकले इतर पक्षबाट आफै सभापतिमा उम्मेदवारी दिने तयारी गरेकोमा अन्त्यमा शेखरलाई समर्थन गर्दै उनी पछि हटेका थिए।

आज बिहान ८ बजेदेखि नयाँ नेतृत्वका लागि मतदान हुने निर्वाचन तालिका रहे पनि मतदान निर्धारित समय भन्दा केही ढिलो मात्र शुरु हुने भएको छ।

कांग्रेस केन्द्रीय समितिका लागि सभापतिसहित १ सय ३४ पदका लागि झन्डै पाँच सय जनाले उम्मेदवारी दिएका छन्। बेलुका ५ बजेसम्म हुने मतदानमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिले मत खसाल्ने छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved