यादवलाई समर्थन गर्नेगरी सहमहामन्त्रीबाट पछि हटे कर्ण

नेपालभ्युज

यादवलाई समर्थन गर्नेगरी सहमहामन्त्रीबाट पछि हटे कर्ण

काठमाडौं। नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सहमहामन्त्री (मधेशीतर्फ)मा उम्मेदवारी दिएका रञ्जित कर्ण पछि हटेका छन्।

उनले आइतबार राति विज्ञप्ति जारी गर्दै सहमहामन्त्रीमा रामकृष्ण यादवलाई सहयोग गर्न अपिल गरेका छन्।

यादव शेखर कोइराला प्यानलका उम्मेदवार हुन्। कांग्रेसको निर्वाचन समितिले आज दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समयावधि तोकेकोमा उनको उम्मेदवारी भने कायमै रहनेछ।

सोमबार बिहान ८ बजेदेखि मतदान शुरु हुनेछ। कांग्रेस केन्द्रीय समितिका लागि सभापतिसहित १ सय ३४ पदका लागि झन्डै पाँच सय जनाले उम्मेदवारी दिएका छन्।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved