पुल तर्न शुल्क !

पाटन बोटे समाजका अध्यक्ष टेकबहादुर बोटेको सक्रियतामा करीब ३५ जना बोटेद्वारा दुई दिन लगाएर बाँसको पुल निर्माण गरिएको हो।

पुल तर्न शुल्क !
तस्वीर : सामाजिक सञ्जाल

तनहुँ। पुल तर्दा शुल्क लाग्छ भन्दा जो कसैलाई अचम्म लाग्न सक्ला। तर तनहुँको मादी नदीमाथि बनाइएको पुल तर्दा शुल्क तिर्नुपर्छ। व्यास नगरपालिका-५ बेनीपाटनमा सोही वडास्थित पाटन युवा क्लबको आयोजनामा प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सव यही २४ मंसीरदेखि सञ्चालनमा ल्याइएको छ।

मादी नदीमाथि झोलुङ्गे पुल निर्माण गरिएको भए पनि पुलको मुखमा प्रहरी राखेर सीमित मानिस मात्रै आवतजावतका लागि व्यवस्था मिलाइएको छ। महोत्सवमा हुनसक्ने दर्शकको भीडलाई मध्यनजर गर्दै स्थानीय बोटे समुदायले मादी नदीमाथि बाँसको अस्थायी पुल निर्माण गरेका हुन्।

पाटन बोटे समाजका अध्यक्ष टेकबहादुर बोटेको सक्रियतामा करीब ३५ जना बोटेद्वारा दुई दिन लगाएर बाँसको पुल निर्माण गरिएको हो। भैरव बोटे, लोके बोटे, उत्तम बोटे, डिले बोटेलगायतका स्थानीय बोटेको सक्रियतामा बाँसको अस्थायी पुल निर्माण गरिएको हो।

व्यास-३ को व्यासगुफाबाट व्यास-५ को पराशर आश्रम निस्कने गरी निर्माण गरिएको पुलबाट महोत्सवस्थल जानका लागि समेत छोटो दूरी पर्छ।  पुल तर्दा लिइएको १० रूपैयाँले सीमान्तकृत बोटे समुदायको सामाजिक कार्यमा खर्च गर्ने उद्देश्य राखिएको स्थानीयवासी मंगलबहादुर बोटेले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved