थ्रीस्टारलाई बराबरीमा रोक्दै एपीएफले जोड्यो पहिलो अंक

एक स्थान सुधार गर्दै लिगमा एपीएफ १३औँ स्थानमा उक्लिएको छ।

नेपालभ्युज

थ्रीस्टारलाई बराबरीमा रोक्दै एपीएफले जोड्यो पहिलो अंक

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत थ्रीस्टार क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ। खेलपछि दुवै टोलीले एकरएक अंक बाँडेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा थ्रीस्टार र एपीएफले गोलरहित बराबरीमा रोकिए। यस बराबरीसँगै लिगको चौथो खेलमा एपीएफले पहिलो अंक जोडेको हो।

अघिल्ला तीन खेलमा एपीएफ लगातार पराजित भएको थियो। एक स्थान सुधार गर्दै लिगमा एपीएफ १३औँ स्थानमा उक्लिएको छ। पुछारमा रहेको जावलाखेल युथ क्लब अंविहीन छ।

एपीएफ पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३–२ गोल अन्तरले पराजित भएको थियो। एपीएफ दोस्रो खेलमा च्यासल युथसँग १–० गोलले तथा तेस्रो खेलमा सातदोबाटोसँग ४–१ गोलले पराजित भएको थियो।

त्यस्तै ४ खेलमा ५ अंकसहित थ्रीस्टार पाँचौँ स्थानमा उक्लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved