कांग्रेस १४ औं महाधिवेशन : उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित (सूचीसहित)

नेपाल भ्यूज

कांग्रेस १४ औं महाधिवेशन : उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको छ। ५७ जना नेताले केन्द्रीय सदस्यको उम्मेदवारी फिर्ता लिएका छन्।

आज बिहान ११ बजेसम्म निर्धारण गरिएको मनोनयनपत्र फिर्ताको समय डेढ घण्टा थप गरेर १ बजेसम्म कायम गरिएको थियो। सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिँदै शेखर कोइरालालाई सहयोग गर्ने बताएका छन् भने सहमहामन्त्री पदका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीले पनि उम्मेदवारी फिर्ता लिएका छन्।

जसअनुसार सभापतिका लागि पाँच जना भिड्दै छन् भने दुई उपसभापतिका लागि सात जना र दुई महामन्त्रीका लागि पाँच जनाले प्रतिस्पर्धा गर्दै छन्। त्यस्तै खुला तथा समावेशी गरी ८ सहमहामन्त्री पदमा १९ जनाको उम्मेदवारी परेको छ।

त्यसैगरी ३५ जना खुला केन्द्रीय सदस्यका लागि ९९ जना भिड्नेछन् भने ९ महिला खुला केन्द्रीय सदस्यका लागि ३० जनाको प्रतिस्पर्धा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved