राष्ट्रपति भण्डारीद्वारा कर्णाली प्रदेशको एमबीबीएस कार्यक्रम उद्घाटन

राष्ट्रपति भण्डारीले उद्घाटन गरेपश्चात् आजबाट एमबीबीएस, बी.फार्म, बीएनएस, बीएमएसलगायत शैक्षिक कार्यक्रमको औपचारिक पढाइ शुरु भएको छ।

नेपालभ्युज

राष्ट्रपति भण्डारीद्वारा कर्णाली प्रदेशको एमबीबीएस कार्यक्रम उद्घाटन

कर्णाली। राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको बहुप्रतिक्षित एमबीबीएसलगायत शैक्षिक कार्यक्रमको आज जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उद्घाटन गरेकी छन्।

उक्त अवसरमा उनले ७६ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेका चिकित्सा शिक्षाको शैक्षिक भवनको समेत शिलान्यास गरिन्। प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलका अनुसार राष्ट्रपति भण्डारीले उद्घाटन गरेपश्चात् आजबाट एमबीबीएस, बी.फार्म, बीएनएस, बीएमएसलगायत शैक्षिक कार्यक्रमको औपचारिक पढाइ शुरु भएको छ।

कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख तिलक परियार, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, राज्यमन्त्री भवानीप्रसाद खापुङ, राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी, डा. गुणराज लोहनी र डा. रमेश ढकालको सहभागिता रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved