नेपाली कांग्रेस १४ औं महाधिवेशन

‘पहिलो पटकमा कसैले बहुमत ल्याउँदैनन्, दोस्रो चरणमा देउवा पराजित हुन्छन्’

नेपालभ्युज

‘पहिलो पटकमा कसैले बहुमत ल्याउँदैनन्, दोस्रो चरणमा देउवा पराजित हुन्छन्’
फाइल तस्वीर ।

काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनमा पहिलो चरणमा कसैले पनि स्पष्ट बहुमत ल्याउन नसक्ने सभापतिका उम्मेदवार विमलेन्द्र निधिले बताएका छन्।

भृकुटीमण्डममा पत्रकारहरूसँग छोटो कुराकानी गर्दै निधिले पहिलो चरणमा कसैले बहुमत नल्याएपछि आफूसहित प्रकाशमान सिंह र शेखर कोइराला मिलेर सभापतिमा शेरबहादुर देउवालाई हराउन सकिने प्रक्षेपण गरेका हुन्।

लामो समय देउवा समूहमै रहँदै आएका निधिले यो पटकको महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका छन्। निधिसँगै यो पटक सिंह, शेखर र कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन्। सभापतिका लागि उम्मेदवारी दिएका युवराज न्यौपानेले भने शेखरलाई समर्थन गर्ने भन्दै सभापतिको दौडबाट हटेका छन्।

कांग्रेस महाधिवेशनअन्तर्गत भोलि (सोमबार) बिहानबाट मतदान हुँदै छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved