एमाले केन्द्रीय कमिटीको बैठक

दुर्गा प्रसाईं र लालबाबु पण्डितसँगै ४३ जनाको नाम केन्द्रीय कमिटीमा

नेपालभ्युज

दुर्गा प्रसाईं र लालबाबु पण्डितसँगै ४३ जनाको नाम केन्द्रीय कमिटीमा

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीमा मनोनित केन्द्रीय सदस्यको नाम प्रस्ताव गरिएको छ।

एमालेको दशौँ महाधिवेशनपछिको केन्द्रीय कमिटीको दोस्रो बैठक भक्तपुरको गठ्ठाघरस्थित जर्मन हाउस हस्पिटालिटीमा बसेको बसिरहेको छ। आज बिहान ११ बजेदेखि बजे बैठक बसेको हो।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मनोनित गर्ने केन्द्रीय सदस्यहरूको नाम प्रस्ताव गरेका हुन्। ओलीले ४३ जनाको नाम प्रस्ताव गरेका छन्। त्यहाँ उनले व्यवसायी दुर्गा प्रसाईंको नामसमेत अटाएका छन्। दशौं महाधिवेशनमा केन्द्रीय सदस्य बन्न खोजेका उनलाई ओलीले मनोनितको सूचीमा राखेका हुन्। त्यसैगरी ओलीले अनेरास्ववियूका पूर्वअध्यक्ष विद्यार्थी नेता ऐन महरको नाम पनि प्रस्ताव गरेका छन्।

यस्तै रमेश पौडेल र बद्री न्यौपानेलाई पनि ओलीले सूचीमा अटाएका छन्।

त्यसैगरी एमाले सचेतक विशाल भट्टराईको नाम पनि केन्द्रीय सदस्यमा प्रस्ताव गरिएको छ। महाधिवेशनमा केन्द्रीय सदस्य बन्न नसकेका उनलाई प्रदेश अध्यक्ष बनाइने चर्चा गरिएको थियो। महाधिवेशनमा पदाधिकारी दाबी गरेका लालबाबु पण्डितको नाम पनि ओलीले प्रस्ताव गरेका छन्। आफूले उपाध्यक्ष नपाएपछि केन्द्रीय सदस्य पद त्यागेका थिए।

त्यसैगरी एमालेले पार्टी विधानअनुसार १० प्रतिशत नेता केन्द्रीय कमिटीमा मनोनित गरिनेछ। मनोनितहरूको नाम बैठकमा अध्यक्ष ओलीले पढेर सुनाएका हुन्।

१ दल फडेरा
२ मानवीर राई
३ ऐन महर
४ चन्द्रमोहन गौचन
५ रतननाथ योगी
६ रमेश पौडेल
७ पदम गिरी
८ सूर्य पाठक
९ यज्ञबहादुर बोगटी
१० हरि घिमिरे
११ युवराज बास्कोटा
१२ विशाल भट्टराई
१३ उद्धव रेग्मी
१४ बद्री न्यौपाने
१५ रुपनारायण श्रेष्ठ
१६ प्रेम दंगला
१७ हरिकृष्ण व्यञ्जनकार
१८ सुवास देवकोटा
१९ भीम केसी
२० लालबाबु पण्डित
२१ इन्दिरा गौतम
२२ सरस्वती चौधरी
२३ यमुना रोका
२४ उमा कोइराला
२५ कल्पना चापागाईं
२६ आशा विक
२७ नैनकला ओझा
२८ मञ्जु गुरुङ
२९ विमला अर्याल
३० इन्दिरा सञ्जेल
३१ गीता कार्की
३२ शान्ति अधिकारी
३३ रुक्मिणि राना
३४ सविता याजव
३५ तारादेवी गुरुङ
३६ विषमलाल अधिकारी
३७ रेशम लामा
३८ दुर्गा प्रसाई
३९ गोविन्द दुवाल
४० सहदेव बोगटी
४१ बालसिंह काउछा
४२ कृष्ण केसी
४३ चन्द्रबहादुर विश्वकर्मा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved