कांग्रेस महाधिवेशन: यी हुन् केन्द्रीय सदस्यबाट उम्मेदवारी फिर्ता लिनेहरू

नेपालभ्युज

कांग्रेस महाधिवेशन: यी हुन् केन्द्रीय सदस्यबाट उम्मेदवारी फिर्ता लिनेहरू

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा २७ जना नेताले केन्द्रीय सदस्यको उम्मेदवारी फिर्ता लिएका छन्। आज बिहान ११ बजेसम्म निर्धारण गरिएको मनोनयनपत्र फिर्ताको समय डेढ घण्टा थप गरेर १२:३० सम्म कायम गरिएको थियो।

निर्धारित समयसम्ममा मीन बहादुर विश्वकर्मा, सीताराम महतो, जुनाकुमारी थानी, ध्रुवराज गुरुङ, दीपक अधिकारी, जंगीलाल राय, संयजकुमार यादव, गोविन्दराज बोहरा र भीम आचार्यले उम्मेदवारी फिर्ता लिएका छन्।

यस्तै विष्णु पौडेल, अनु गुरुङ, शकुन्तला शर्मा, महेककुमार कर्माचार्य, सिंहबहादुर राना, संगीता मण्डल, सीता पौडेल, कमलप्रसाद भुसाल, उमेशकुमार बस्नेत र माधवप्रसाद आचार्यले पनि उम्मेदवारी फिर्ता लिएकोमा उम्मेदवारी फिर्ता लिनेहरूमा गणेशकुमार मण्डल, भक्तबहादुर बलायर, इन्दिरा थापा, विना पौडेल, माया राना, राजुराज जोशी, गोपीलाल विश्वकर्मा, मीनाकुमारी थापा छन्।

कांग्रेसको नयाँ नेतृत्वका लागि १३४ केन्द्रीय सदस्यका लागि करीब ५ सय जनाले मनोनयन दर्ता गरेका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved