सभापतिको उम्मेदवारबाट पछि हटे युवराज न्यौपाने, शेखरलाई सघाउने

नेपालभ्युज

सभापतिको उम्मेदवारबाट पछि हटे युवराज न्यौपाने, शेखरलाई सघाउने

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिएका युवराज न्यौपानेले आफू पछि हट्ने संकेत गरेका छन्।

भृकुटीमण्डपमा पत्रकारहरूसँग कुरा गर्दै उनले उम्मेदवारी फिर्ता लिने बताएका हुन्। गोरखा आरुघाटका कान्छा उम्मेदवार (वर्ष ४०) न्यौपानेले सभापतिमा शेखरलाई सघाउने बुझिएको छ। उनले आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर उम्मेदवारी फिर्ता लिने नेपालभ्यूजसँग बताए।‍

न्यौपाने गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि चुनिएर आएका हुन्। निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिने समय साढे १२:३० बजेसम्म तोकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved