कांग्रेस १४ औँ महाधिवेशन

थपियो मनोनयनपत्र फिर्ता लिने समय

पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज बिहान ११ बजेसम्म निर्धारण गरिएकामा डेढ घण्टा थप गरेर १२ः३० बजेसम्म कायम गरिएको छ।

नेपालभ्युज

थपियो मनोनयनपत्र फिर्ता लिने समय

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आज मनोनयनपत्र फिर्ता लिने प्रक्रिया जारी छ। यसैबीच उम्मेदवारी फिर्ता लिने समय थपिएको छ।

पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज बिहान ११ बजेसम्म निर्धारण गरिएकामा डेढ घण्टा थप गरेर १२ः३० बजेसम्म कायम गरिएको छ।

त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन आजै गरिने छ भने मतदान भोलि बिहान आठ बजेदेखि हुनेछ। यसअघि उम्मेदवार मनोनयन दर्ता शनिबार बिहान १० देखि साँझ पाँच बजेसम्म भएको थियो।

उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ शनिबार साँझ पाँचदेखि सात बजेसम्म र दाबी विरोधउपर निर्णय साँझ सातदेखि नौ बजेसम्म गरी समितिले राति नौदेखि १२ बजेसम्म उम्मेदवारको पहिलो नामावली प्रकाशन गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved