कांग्रेसको १४ औँ महाधिवेशन

रामचन्द्र रोए, गणेशमान र कृष्णप्रसाद पनि रोएका थिए

एक जना मात्रै नेता सभापतिको दाबेदार हुँदा आफू सहयोग गर्न तयार रहेको भन्दै उनले इतरपक्षलाई सभापति जिताउन हरसम्भव प्रयास गरिरहेका छन्। तर कतैबाट कुरा नमिलेपछि उनी राजनीतिबाटै टाढिने भन्दै भावुक भए।

रामचन्द्र रोए, गणेशमान र कृष्णप्रसाद पनि रोएका थिए

काठमाडौं । शनिबार पत्रकारहरूसँग कुरा गर्ने क्रममा रामचन्द्र पौडेल सार्वजनिकस्थलमै रोए। संस्थापनइतर समूहबाट सभापतिको साझा उम्मेदवार खोज्न नसकेको र सभापतिमा दुई नेता (प्रकाशमान सिंह र शेखर कोइराला) ले दाबी नछाडेपछि उनी भावुक भएका हुन्।

यसअघि पनि प्रकाशमान सिंह निवास चाक्सीबारीमा सभापतिको साझा उम्मेदवार छान्न बसेको बैठकमा कुरा नमिलेपछि भावुक बनेका थिए। आज आफू कांग्रेस नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिने दोहोर्‍याएका उनले चाक्सीबारी बैठकमा पनि राजनीतिबाटै संन्यास लिने बताएका थिए।

शनिबार (आज) नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिने बताउँदै गर्दा पौडेलले दुवै हातले आँखा पुछे। उनको बोली पनि मधुरो थियो। आवाज पनि भावुक थियो।

आफूले नेताहरूलाई (खासगरी शेखर र प्रकाशमान) सभापतिका लागि साझा उम्मेदवार चयन गर्न आग्रह गरिरहे पनि नभएपछि नेतृत्वको दाबी छाडेका बताएका हुन्। एक जना मात्रै नेता सभापतिको दाबेदार हुँदा आफू सहयोग गर्न तयार रहेको भन्दै उनले इतरपक्षलाई सभापति जिताउन हरसम्भव प्रयास गरिरहेका छन्। आफ्नो समूहबाट पदाधिकारी उम्मेदवार बनाउने विषयमा लचक देखिएका पौडेल संस्थापनइतर मिलेर गए देउवालाई हराउन सकिने विश्वासमा छन्।

त्यसो त कांग्रेसमा यो किसिमको दृश्य र विषय नौलो होइन। चाहे गणेशमान सिंह हुन् वा कृष्णप्रसाद भट्टराई। दुवै नेताले पार्टीबाट अपमानजनक व्यवहार सहनुपरेको थियो। गिरिजाप्रसाद गुटबाट पार्टीमा अपमानजनक व्यवहार व्यर्होनुपरेका सिंहले पार्टी नै परित्याग गरेका थिए।

तर उनले केही दिनयता एउ‍टै विषयमा चित्त दुःखाइरहेका छन्, शेखर र प्रकाशमान सिंहबीच सहमति नभएको। यही विषय उठाएका उनले शनिबार उनले गुनासो गरे, “शंशाकले मलाई समर्थन गर्न तयार भए पनि शेखर र प्रकारशमानले आफ्नो अड्डी छाडेनन्।”

त्यसो त कांग्रेसमा यो किसिमको दृश्य र विषय नौलो होइन। चाहे गणेशमान सिंह हुन् वा कृष्णप्रसाद भट्टराई। दुवै नेताले पार्टीबाट अपमानजनक व्यवहार सहनुपरेको थियो। गिरिजाप्रसाद गुटबाट पार्टीमा अपमानजनक व्यवहार व्यर्होनुपरेका सिंहले पार्टी नै परित्याग गरेका थिए।

२०४८ सालमा बनेको गिरिजाप्रसाद कोइरालाको सरकारले ‘महत्वपूर्ण निर्णय गर्दा आफूलाई नसोधिएको र पद एवं सुविधामा जातीय सन्तुलन नमिलाएको’ भन्दै सिंह कोइरालाप्रति असन्तुष्ट दिए। सोही वर्ष प्रकाशित मूल्यांकन मासिकको पृष्ठ ७ मा उल्लेख छ।

लेखिएको छ- झापा कलवलगुढीमा भएको नेपाली कांग्रेसको महासम्मेलनमा ठूलो हलचल पैदा भयो। त्यतिखेर पार्टी सभापति कृष्णप्रसाद भट्टराईले तीन महीनाभित्र गणेशमानको चित्त नदुख्ने गरी काम गराउने वाचा गरे पनि उनले त्यसो गर्न सकेनन्।

गिरिजाप्रसाद कोइराला सरकारको अधिकांश काम जनघाति रहेको भन्दै सिंहले त्यसको विरोध जनाउने गर्थे। जनताको नजरमा पार्टी पंगु, भ्रष्टाचारी र जनविरोधी भएको भन्दै उनले सिंहले त्यसका विरोधमा देशव्यापी अभियान नै चलाएका थिए। कोइराला सरकार गठन भएको ६ महीनापछि नै सरकारको विरोध जनाएका सिंह २०५१ सालपछि आक्रामक बने। त्यसक्रममा उनी हरेक जिल्ला पुगेर पार्टीका कार्यक्रतासँग संवाद गर्ने गर्थे।

सिंह समर्थित ३६ सांसदको असहयोगका कारण कोइराला सरकार अल्पमतमा पर्दा कोइरालाले सरकारबाट राजीनामा दिँदै देशलाई मध्यावधि निर्वाचनमा धकेले।प्रधानमन्त्री कोइरालको संसद् विघटन गर्ने निर्णयविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले कोइरालाको संसद् विघटन गर्ने निर्णयलाई सदर गरेको थियो।

सोही वर्षको १२ साउनमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले कोइरालाको कदमको विरोध गर्नुको सट्टा अनुमोदन गर्‍यो। त्यस क्रममा सिंहले भनेका थिए, ‘अब नेपाली कांग्रेसले राष्ट्रियता र प्रजातन्त्र जोगाउला भन्ने रहेन, यसले माखो पनि मार्दैन’ (मूल्यांकन मासिक, २०५१ अश्विन, पूर्णांक २२)।

सोही वर्षको ३१ भदौमा देशी तथा विदेशी पत्रकारबीच ‘अब उपरान्त नेपाली कांग्रेससँग आफू सम्बद्ध नरहेको,’ सिंहले घोषण गरेका थिए। गणेशमान सिंहलाई पार्टीबाट निस्काशित गर्न कोइरालाको जति भूमिका देखिन्छ कृष्णप्रसाद भट्टराई यो विषयमा चोखो भने थिएनन्। केही वर्षपछि सिंहलाई जसरी पार्टीमा अपमानित गरियो। भट्टराईको अवस्था पनि त्यही भयो।

गिरिजाप्रसाद आफैंले घोषणा गरेको मध्यावधि निर्वाचनमा कांग्रेस नेकपा एमालेसँग पराजित हुँदै दोस्रो स्थानमा खुम्चियो। २०५६ सालको निर्वाचनमा पार्टीलाई पहिलो दल बनाउन गिरिजाले उपाय लगाए। उपाय थियो भावी प्रधानमन्त्रीका रूपमा कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गर्ने। गाणेशमान सिंह पार्टीबाट अलग भइसेकेको अवस्थामा कोइराला र भट्टराईबीच विवाद चुलिन थालिसकेको थियो।

२०५१ सालमा भएको मध्यावधि निर्वाचनमा भट्टराईलाई हराउन गिरिजाप्रसाद लागेको आरोप लाग्यो। त्यो आरोप पुष्टि गर्ने आधार भनेको त्यसपछि कोइराला-भट्टराईबीच बिग्रिएको सम्बन्ध नै हो।

दुई नेताको विवादबीच हुन लागेको निर्वाचनमा पार्टी पहिलो स्थानमा आउन नसक्ने देखेर कोइरालाले पार्टीमा एकताको सन्देश दिन पनि भट्टराईलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारे। कोइरालाको प्रस्तावलाई भट्टराईले सहजै स्वीकार गर्ने अवस्था भने थिएन। दुई नेताबीच गोदावरीमा भएको गोप्य वार्तापछि मात्रै कोइरालाको प्रस्ताव भट्टराईले मानेका थिए।

देशमा नै विकराल समस्या बन्दै गएको माओवादीको सशस्त्र क्रान्तिलाई मूल धारमा ल्याउने प्रयास गर्दै आएका प्रधानमन्त्री भट्टराईलाई हटाउने काम भयो पार्टीका सभापति गिरिजाप्रसादको नेतृत्वमा। सरकारबाट अपमानित ढंगले बाहिरिएका भट्टराईले २०५८ सालमा पार्टी फुट्दा कतै लागेनन्। त्यसपछि उनी पार्टी जीवनबाटै अलग्गिए।

प्रस्तावअनुसार नै भट्टराईलाई २०५६ सालको निर्वाचनमा कांग्रेसले प्रधानमन्त्रीको रुपमा अघि सार्‍यो। २०५१ सालको मध्यावधि निर्वाचनमा पराजित भएको पार्टी २०५६ सालमा बहुमतसहित उदायो। भट्टराई प्रधानमन्त्री भए। उनलाई प्रधानमन्त्री त बनाइयो तर, हटाउने खेल गिरिजाबाट फेरि शुरु भयो।

देशमा नै विकराल समस्या बन्दै गएको माओवादीको सशस्त्र क्रान्तिलाई मूल धारमा ल्याउने प्रयास गर्दै आएका प्रधानमन्त्री भट्टराईलाई हटाउने काम भयो पार्टीका सभापति गिरिजाप्रसादको नेतृत्वमा। सरकारबाट अपमानित ढंगले बाहिरिएका भट्टराईले २०५८ सालमा पार्टी फुट्दा कतै लागेनन्। त्यसपछि उनी पार्टी जीवनबाटै अलग्गिए।

२०६३ सालसम्म ‍आइपुग्दा कांग्रेसले संवैधानिक राजतन्त्रको सिद्धान्तलाई त्याग्दै गणतान्त्रिक नेपालको वकालत गर्न थालिसकेको थियो। उक्त निर्णयलाई पार्टीमा आबद्ध नभए पनि भट्टराईले स्वीकार भने गरेका थिएनन्।

विभिन्न उतारचढाव पार गर्दै कांग्रेसले १४ औँ महाधिवेशन गरिरहेको छ। १३ औँ महाधिवेशनपछि पार्टीमा रामचन्द्र समूह भन्ने नाम निकै चर्चामा रह्यो। यद्यपि, आफ्नो समूहबाट यो महाधिवेशनमा सभापति पदका लागि साझा उम्मेदवार भने यो समूहले दिन सकेन।

त्यसका लागि भएका थुप्रै प्रयास नाकामा रहे। आफ्नो समूहबाट साझा उम्मेदवार चयन गर्न नसकेका उनले नेताहरूको असहयोगलाई कारण देखाउँदै राजनीतिको दलदलभन्दा आफू बाहिर रहेन घोषणा गरिसकेका छन्।

गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्तै कांग्रेसमा रामचन्द्र पौडेलले अपमानित महशुस गर्दै कतै पार्टी जीवनबाट नै आफूलाई टाढा राख्ने त होइनन्?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved