कोइरालाको टिमबाट मीनेन्द्र र गगन महामन्‍त्री

नेपालभ्युज

कोइरालाको टिमबाट मीनेन्द्र र गगन महामन्‍त्री

काठमाडौं।  नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको दाबी गरिरहेका उशेखर कोइरालाले आफ्नो टिमका पदाधिकारीहरुको टुंगो लगाएका छन्।

कोइरालाको टिममा उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी छन्। त्यस्तै महामन्‍त्रीमा डा. मीनेन्द्र रिजाल र गगन थापा रहने तय भएको छ।

स्रोतका अनुसार सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट वकिल मियाँ उम्मेदवार छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved