कांग्रेस महाधिवेशनमा रामचन्द्र पौडेलले उम्मेदवारी नदिने

नेपालभ्युज

कांग्रेस महाधिवेशनमा रामचन्द्र पौडेलले उम्मेदवारी नदिने

काठमाडौं । कांग्रेस महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्वको दाबी छाडेका छन्। उनले सभापतिका लागि उम्मेदवारी नदिने भएका हुन्। शनिबार ५ बजेसम्म कांग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुका लागि उम्मेदवारीको समय तोकिएको छ।

प्रकाशमान सिंह र शेखर कोइरालाले नेतृत्वमा दाबेदारी नछाडेपछि पौडेलले आफ्नो दाबी छाडेका हुन्। यसअघि कांग्रेसको संस्थापन इतर समूहमा सर्वसम्मत नेता छान्नका लागि कसरत जारी रहेको थियो। ‘साथीहरु म पनि लड्छु । म पनि लड्छु भन्दै लाग्नुभयो । मैले तपाईहरुलाई म खुलेर सहयोग गर्छु भनेर भनें । डाक्टर शशांकले म रामचन्द्र दाईलाई नै समर्थन गर्छु भन्नुभएको थियो,’ शुक्रबार पत्रकार सम्मेलन गर्दै पौडेलले भने,‘शेखर कोइराला र प्रकाशमानसिंहले हामी लड्ने नै हो भनेर बढ्ता अड्डी लिनुभयो। उहाँहरुसँग मैले धेरै चरणमा कुरा गरें। या तपाईहरु मिलेर दुईजना मलाई समर्थन गर्नुस्, या तपाईहरुमध्ये एकजना उठ्नुस्, म सहयोग गर्छु भनें। उहाँहरु तयार हुनुभएन। त्यसपछि, अब तपाईहरु राजनीति गर्नुस् राजनीति । म दलदलभन्दा बाहिरै रहने चाहन्छु भनिदिएँ।’

पौडेले त्यसयता नेतृत्वमा आफ्नो दाबी नरहेको भन्दै विज्ञप्ति समेत निकालेका छन् ।

हेर्नुस् विज्ञप्ति :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved