देउवाइतरमा सहमति नभए पौडेलले उम्मेदवारी नदिने

शशांक कोइराला लगायतका सभापतिका आकांक्षीले भने सहमति जुटे पौडेललाई समर्थन गर्ने बताउँदै आएका छन्। आज कसैगरी सिंह पौडेललाई समर्थन गर्न सहमत भए भने चाहिँ पौडेलले मनोनयन दर्ता गर्नेछन्।

नेपालभ्युज

काठमाडौं। कांग्रेस नेता रामचन्द्र पौडेलले शेरबहादुर देउवाइतरबाट साझा उम्मेदवारमा सहमति नभए आफूले उम्मेदवारी नदिने बताएका छन्।

शनिबार बिहान पौडेल निवासमा भएको नेता तथा कार्यकर्तासँगको छलफलमा उनले प्रकाशमान सिंहले अडान नछाडेपछि साझा उम्मेदवारमा सहमति नभए आफूले उम्मेदवारी नदिने बताएको नेता बलबहादुर केसीले जानकारी दिए। इतर पक्षका अधिकांश नेताहरू साझा उम्मेदवारका रूपमा लगभग पौडेललाई अघि सार्न सहमत भए पनि सिंहले अडान नछाडेपछि इतर समूहको साझा उम्मेदवारको सम्भावना कम भएको हो।

शशांक कोइराला लगायतका सभापतिका आकांक्षीले भने सहमति जुटे पौडेललाई समर्थन गर्ने बताउँदै आएका छन्। आज कसैगरी सिंह पौडेललाई समर्थन गर्न सहमत भए भने चाहिँ पौडेलले मनोनयन दर्ता गर्नेछन्।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया शुरु भइसकेको छ। यसअघि नेपाली कांग्रेसका नेता कल्याण गुरुङले सभापति पदमा उम्मेदवारी दर्ता गराइसकेकोमा बिमलेन्द्र निधिले दिउँसो ३ बजे मनोनयन दर्ता गर्ने बताएका छन्।

निर्वाचन समितिले मनोनयन दर्ताका लागि आज साँझ ५ बजेसम्म समय निर्धारण गरेको छ। आइतबार दाबी विरोध सकेर अन्तिम नामावाली प्रकाशन गरिने समितिले जनाएको छ।

निर्वाचनबाट देशभरबाट आएका महाधिवेशन प्रतिनिधिले १३४ पदाधिकारीसहितको केन्द्रीय समिति चयन गर्नेछ। पदाधिकारीतर्फ एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved