खराब लयबाट गुज्रिरहेको बार्सिलोनालाई अर्को झट्का, डिफाय पनि घाइते

उस्मान डेम्बेले, अन्सु फाती, सर्जियो अग्युरो र मार्टिन ब्रेथवेट पनि क्लबमा त छन् तर उनीहरू पनि चोटग्रस्त हुँदा बार्सिलोना अहिले इतिहासकै कठिन मोडमा छ। यस्तोमा डिफाय पनि घाइते हुन पुगेका छन्। बार्यनसँगको खेलमा उनको तिघ्रामा चोट लागेको छ।

नेपालभ्युज

खराब लयबाट गुज्रिरहेको बार्सिलोनालाई अर्को झट्का, डिफाय पनि घाइते

काठमाडौं । च्याम्पियन्स लिगअन्तर्गत बिहीबार बार्सिलोनाले जर्मनीको बायर्न म्युनिखसँग उसकै मैदानमा ३-० को हार बेहोर्‍यो। हारसँगै बार्सिलोना यो सिजनको लिगबाट बाहिरियो पनि।

खराब लयबाट गुज्रिरहेको बार्सिलोनाले घरेलु लिगमा पनि गतिलो प्रदर्शन गर्न सकेको छैन।  च्याम्पियन्स लिगमा जम्मा २ गोल गरेको बार्सिलोनाले ९ गोल खायो। घरेलु लिगमा पनि १५ खेलमा २३ गोल गरेको उसले १७ गोल खाइसकेको छ। जहाँ बार्सिलोनाका नयाँ डच फरवार्ड मेम्फिस डिफायको मात्र ८ गोल छ।

लगातार बार्सिलोना पराजित भइरहेको छ। गत वर्ष रेलिगेशनबाट जोगिएका क्लबदेखि ‘बी’ डिभिजिनबाट उक्लेका क्लबसँग पनि उसले लज्जास्पद हार बेहोरिरेको छ। १५ ओटा खेल सकिँदा बार्सिलोना सातौं स्थानमा रहनु भनेको इतिहासकै खराब लय हो। यही अवस्था नसुध्रिए बार्सिलोनाले लिग जित्ने त कुरै छाडौं। आगामी वर्ष युरोपा कपमा धकेलिने देखिएको छ।

हार बाबजुद चम्किएका डिफाय पनि घाइते

नेदरल्याल्डका फरवार्ड मेम्फिस डिफायलाई बार्सिलोनाले यसै सिजन भित्र्याएको हो। म्यानचेस्टर युनाइटेडमा निराशाजनक प्रदर्शन गरेपछि उनी जनवरी २०१७ मा फ्रान्सेली क्लब लियोन गएका थिए। त्यहाँ चार सिजन बिताएफछि उनी फ्री ट्रान्सफरमा यसै सिजन बार्सिलोनामा आबद्ध भएका हुन्।

बार्सिलोना आएदेखि प्रायः हरेक खेलमा उनले खेलिरहेका छन्। कप्तान लियोनल मेस्सी नै क्लब छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा आबद्ध भएपछि बार्सिलोनाको खेलस्तर उकासिन सकेको छैन।

टोलीमा रहेका सात फरवार्डहरूमध्ये पाँच अझै चोटका कारण बाहिर छन् लुका डे जोङ र युसुफ डेमिर मात्र दुई खेलाडी हुन् जसले बार्सिलोनाको अग्रपंक्तिमा निरन्तर स्थान पाइरहेका छन्।

उस्मान डेम्बेले, अन्सु फाती, सर्जियो अग्युरो र मार्टिन ब्रेथवेट पनि क्लबमा त छन् तर उनीहरू पनि चोटग्रस्त हुँदा बार्सिलोना अहिले इतिहासकै कठिन मोडमा छ। यस्तोमा डिफाय पनि घाइते हुन पुगेका छन्। बार्यनसँगको खेलमा उनको तिघ्रामा चोट लागेको छ।

उनको पुनरागमनको मिति क्लबले तोकिसकेको छैन। यस्तोमा बार्सिलोनाले घरेलु लिगमा आइतबार ओसासुनामा खेल्दै छ। जहाँ नयाँ प्रशिक्षक र जाभी हर्नान्डेजसँग अब डिफायसँगै फाटी, ब्रेथवेट अनि अगुएरो कोही पनि हुने छैनन्।

यसैबीच डेम्बलेले ओसासुनासँग दायाँ पंक्तिको फरवार्डका रूमा खेल्ने अपेक्षा गरिएको छ। तर डिफायको शून्यता भर्ने खेलाडी खोज्न भने प्रशिक्षक जाभीलाई गाह्रो भइरहेको छ।

मार्काबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved