साफ यू-१९ महिला फुटबल

बंगलादेशविरुद्ध नेपाललाई बदला लिने मौका

बंगलादेशको सामना गर्दा नेपाललाई अघिल्लो संस्करणको हारको बदला लिने मौका हुनेछ। पहिलो संस्करणको फाइनलमा नेपाल बंगलादेशसँग १-० गोल अन्तरले पराजित भएको थियो।

नेपालभ्युज

बंगलादेशविरुद्ध नेपाललाई बदला लिने मौका

काठमाडौं। नेपाली यू-१९महिला फुटबल टोलीले आज बंगलादेशविरुद्ध खेल्दैछ।

साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत आज नेपालले घरेलु टोलीको सामना गर्न लागेको हो।

स्थानीय समयअनुसार नेपालले साँझ सात बजे ढाकामा बंगलादेशको सामना गर्नेछ। उक्त खेलमा नेपाललाई अघिल्लो संस्करणको हारको बदला लिने मौका हुनेछ।

पहिलो संस्करणको फाइनलमा नेपाल बंगलादेशसँग १-० गोल अन्तरले पराजित भएको थियो। नेपालको उपाधि यात्रालाई उसैले पूर्णविराम लगाएको थियो।

राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंका सहभागी छन्। लिगचरणको दुई शीर्ष टोलीले उपाधिका लागि भिड्नेछन्।

बंगलादेशपछि १५ डिसेम्बरमा नेपालले दोस्रो खेल श्रीलंका तथा १७ डिसेम्बरमा भुटान र १९ डिसेम्बरमा अन्तिम खेल भारतविरुद्ध खेल्नेछ। उपाधि भिडन्त २१ डिसेम्बरमा हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved