कांग्रेस महाधिवेशनमा महोत्तरी क्षेत्र ३ का प्रतिनिधिले भाग लिन नपाउने !

नेपालभ्युज

कांग्रेस महाधिवेशनमा महोत्तरी क्षेत्र ३ का प्रतिनिधिले भाग लिन नपाउने !

जनकपुरधाम। नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महोत्तरी क्षेत्र नम्बर ३ का प्रतिनिधि भाग लिन नपाउने भएका छन्।

शुक्रबारबाट भएको महावेशनमा देशभरका १ सय ६५ निर्वाचन क्षेत्रबाट चुनिएका महाधिवेशन प्रतिनिधिले भाग लिने भनिए पनि यो क्षेत्रमा अझै क्षेत्रीय अधिवेशन हुन सकेन।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले ‘महोत्तरी निर्वाचन क्षेत्र ३ का प्रतिनिधिले केन्द्रीय महाधिवेशनमा भाग लिन नपाउने अवस्था रहेको बताए।

उनले आज रातिभरमा सहमति गरेर केन्द्रमा विवरण उपलब्ध गराइए मात्र प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुन पाउने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved