भृकुटीमण्डपबाट कांग्रेसको सन्देश– ‘पार्टी सुधारेर चुनावी परीक्षणमा जान आतुर छौँ’

उनीहरूको सङ्कल्प त्यति मात्र थिएन, अर्को चुनावमा राम्रो परिणाम ल्याएर सरकार चलाउने आकांक्षा समेत नेताहरूले राखे। पार्टी सुधार गर्दै एक भएर अघि बढ्ने र आउँदो चुनावमा जान चाहेको सन्देश नेताहरूले कार्यकर्तालाई दिए।

नेपालभ्युज

भृकुटीमण्डपबाट कांग्रेसको सन्देश– ‘पार्टी सुधारेर चुनावी परीक्षणमा जान आतुर छौँ’

काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले बिपी कोइरालासहित कांग्रेस संस्थापकको फोटोमा माल्यार्पण गर्दै महाधिवेशन उद्घाटन गरे। विभिन्न दलका प्रमुख, विदेशीबाट आमन्त्रित विभिन्न पार्टीका पदाधिकारीहरूलाई साक्षी राखेर गरिएको उद्घाटन सभामा पार्टीका सबै बत्ताहरूले पार्टी एकतामा जोड दिए।

उनीहरूको सङ्कल्प त्यति मात्र थिएन, अर्को चुनावमा राम्रो परिणाम ल्याएर सरकार चलाउने आकांक्षा समेत नेताहरूले राखे। पार्टी सुधार गर्दै एक भएर अघि बढ्ने र आउँदो चुनावमा जान चाहेको सन्देश नेताहरूले कार्यकर्तालाई दिए।

पाँच महिनाअघि प्रमुख विपक्षीबाट सरकारको नेतृत्वमा गएको कांग्रेस अहिले सबै प्रदेशसहित सरकारमा छ। आसन्न चुनावमार्फत फेरि सत्तारोहण गर्ने भन्दै नेताहरूले कार्यकर्तालाई चुनावी तयारीमा लाग्न निर्देशन दिए। महाधिवेशनमा सम्बोधन गर्दै कांग्रेस नेताहरूले प्रतिपक्षीसँग सामना गर्न सक्ने र जनताले स्वीकार गर्ने कांग्रेस बनाउनुपर्ने बताए।

सभापति शेरबहादुर देउवाले आफ्नै कारणले गर्दा केपी ओलीको तानाशाही शासनबाट मुक्त गराएकाले चुनावपछि पनि आफ्नै पार्टीको सरकार बनाउनुपर्ने बताए। ‘‘डर त्रासबाट मुक्त शासनलाई हटाएर नेपालमा कांग्रेसको सरकार बनाइनेछ। तपाईँहरू मलाई मत दिनुस्,’’ उद्घाटन सत्रका अन्तिम वक्ता रहेका देउवाले भने।

देउवाले आफू सभापतिमा निर्वाचित भए कांग्रेसको राष्ट्रिय सरकार बनाउने दाबी गरे। उनले भने “कुनै पनि हालतमा नेपालमा डर त्रासबाट मुक्त शासन ल्याएरै छोडिन्छ, नेपालमा कांग्रेसको सरकार बनाइन्छ, बनाइन्छ, बनाइन्छ।’’

देउवाभन्दा अघि बोलेका वरिष्ठ नेता रामचन्द्र पार्टीभित्रको विकृतिलाई निर्मूल पार्दै स्वच्छ निर्वाचनको वातावरण बनाउनुपर्ने जोड दियो। उनको आशय पनि ‘पार्टीलाई सुधार्दै चुनावी परिक्षणमा जाने’ भन्ने थियो। पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउँदै र चुनावमार्फत कांग्रेसलाई बलियो बनाउँदै मुलुकको रूपान्तरणमा अघि बढ्नुपर्ने बाध्यता कांग्रेसलाई रहेको उनले बताए। ‘‘पार्टीभित्रको विकृतिलाई निर्मूल पार्दै स्वच्छ निर्वाचनको वातावरण बनाउनुपर्छ। कांग्रेसकै काँधमा लोकतन्त्रको सुदृढीकरणको दायित्व रहेको पौडेलको भनाइ छ,’’ उनले भने।

उपसभापति विमलेन्द्र निधि पनि देउवा र पौडेलले जस्तै निर्वाचनपछि आफ्नै दलको सरकार बनाउने दाबी गरे। आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई तीन तहमा कांग्रेसको एकमना सरकार बनाउन महाधिवेशनले नयाँ ऊर्जा दिने उनको भनाइ थियो। ‘‘महाधिवेशनपछि ताजा भएर, सुदृढ भएर निस्केपछि आगामी निर्वाचनमा कांग्रेसको एकमना सरकार बनाऔँ। देशमा तीनै तहमा एकमना सरकार बनाउन चाहन्छौँ। आगामी निर्वाचनमा कांग्रेसलाई विजयी बनाउनु नै १४ औँ महाधिवेशनको सार्थकता हुनेछ,’’ निधिले भने।

यस्तै उपसभापति विजयकुमार गच्छदारले पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन आवश्यक रहेको बताए। आफूले पार्टीलाई एकजुट बनाउन भूमिका निर्वाह गर्ने बताउँदै उनले एकताबद्ध कांग्रेस भएमा चुनावमा राम्रो मत आउने बताए।

महामन्त्री डा शशांक कोइरालाले मुलुकमा लामो संघर्षपछि संविधान जारी भएको भन्दै अब मुलुकको समृद्धि र विकासका लागि कार्य गर्न कांग्रेसकै सरकारको निरन्तरता आवश्यक रहेको बताए। उनले भने ‘‘अब सिद्धान्तको लडाइँ सकियो, हामीसँग संविधान छ, त्यो संविधानको कार्यान्वयन गरौँ, हाम्रो शक्ति के हो ? त्यसलाई चिनेर काम गरौँ, यसको लागि आउँदो चुनावपछि पनि कांग्रेसकै सरकार चाहिन्छ।’’

यस्तै कोषाध्यक्ष सीतादेवी यादवले भावविह्वल हुँदै पार्टी एकताको लागि आह्वान गरिन्। आफू कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गर्दै उनले कसैलाई काखा र पाखा नगरी सबैलाई समेटेर एकताबद्ध भएर लाने गरी महाधिवेशन गर्नुपर्नेमा जोड दिइन्।

यस्तै नेता कृष्ण सिटौलाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले तल्लो तहसम्मै विभाजनको रेखा गहिरिएको बताउँदै एकताबद्ध कांग्रेस आजको आवश्यकता रहेको बताए। पार्टीभित्र भावनात्मक एकता र ऊर्जा भरेर पार्टी सम्पूर्ण रूपले तीन तहको चुनावमा होमिनुपर्ने उनको भनाइ छ। प्रतिस्पर्धा गर्दै गर्दा पार्टीभित्र सम्पूर्ण एकताका लागि सबै नेता कार्यकर्ता गम्भीर हुनुपर्नेमा उनको जोड छ।

यस्तै सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीले जनताको बीचमा गएर कांग्रेसलाई जनताको लोकप्रिय पार्टीका रुपमा स्थापित गर्नुपर्ने जोड दिए। उनले भने, ‘‘मलाई विश्वास छ १४ औँ महाधिवेशनले कांग्रेसलाई नयाँ ऊर्जा दिनेछ, गतिशील हुनेछ। अर्को चुनावमा रामे नतिजा आउनेछ।’’

सहमहामन्त्री सुनिल थापाले आफूहरुसबै निर्वाचनको अभियानमा लाग्नु कार्यकर्तालाई आग्रह गरे। उनले भने, ‘‘काठमाडौँबाट फर्के लगत्तै आफ्नो गाउँ ठाउँमा निर्वाचनमा लाग्नु पर्ने अवस्था आएको छ। त्यसप्रति सचेत हुन अपिल गर्छु। सबै तहको निर्वाचनमा विजय हासिल गर्नु नै हाम्रो मूल लक्ष्य र उद्देश्य हो। हामी सबै निर्वाचनको अभियानमा लाग्नु पर्छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved