भ्रष्टाचारविरुद्ध क्रियाशील संस्था बास २२ औँ वर्षमा प्रवेश

भ्रष्टाचार विरुद्ध देशव्यापी रुपमा क्रियाशील संस्था बागेश्वरी असल शासन (बास) २२ औँ वर्षमा प्रवेश गरेको छ।

नेपालभ्युज

भ्रष्टाचारविरुद्ध क्रियाशील संस्था बास २२ औँ वर्षमा प्रवेश

धनगढी। भ्रष्टाचार विरुद्ध देशव्यापी रुपमा क्रियाशील संस्था बागेश्वरी असल शासन (बास) २२ औँ वर्षमा प्रवेश गरेको छ। २१ बर्ष पुरा भएको अवसरमा शुक्रबार बासले संस्थाको २१ औँ वार्षिकोत्सव समारोह नेपालगन्जमा भव्य रुपमा सम्पन्न गरेको छ।

बार्षिकोत्सबलाई भव्यताका साथ मनाउँदै संस्थाले विभिन्न सास्कृतीक कार्यक्रम, मन्तव्य, सम्मान लगायतका कार्यक्रमहरू गरेको छ। वार्षिकोत्सव समारोहमा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवल शम्सेर राणाले २१ बर्ष पुरा गर्दै गर्दा बास देश व्यापी रुपमा भ्रष्टाचार विरुद्धको अग्रणी संस्थाको रुपमा स्थापित भएको बताए। ‘बास देशभर परिचित भइसकेको छ, नेपालगन्जमा बास नभए कस्तो होला भन्ने भइसकेको छ’ उनले भने।

यस्तै कार्यक्रममा बासका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिनाले राज्यको आर्थिक पारदर्शिताको पाटोमा बासको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै आगामी दिनमा थप सशक्त रुपमा अगाडी बढोस् भन्ने सुवेक्षा व्यक्त गरे।

बास नेपालले संस्थामा कार्यरत कर्मचारीहरू मध्ये कार्य सम्पादनको आधारमा ४ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी २०७८ द्वारा सम्मानित गरेको छ।

बासका कार्यकारी निर्देशक नमस्कार शाहले उत्कृष्ट कर्मचारीको घोषणा गर्दै बासका निर्देशक हेमराज भट्ट, कार्यक्रम संयोजक शोभा थापा मगर, हेल्पडेस्क सहजकर्ता शिव कुमार यादव र शोभा सुवेदी लाई उत्कृष्ट कर्मचारी २०७८ घोषणा गरेका थिए।

यस्तै वार्षिकोत्सव अवसरमा हरेक बर्ष प्रदान गरिने उत्कृष्ट शाखा अन्तरगत यस बर्ष बास रुपन्देही शाखा प्रथम हुन सफल भएको छ। यसै गरी बाँके शाखा द्धितिय र झापा शाखाले तृतीय स्थान हासिल गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved