उम्मेदवार टुङ्गो लगाउन कांग्रेस संस्थापन इतरको बैठक जारी

महाधिवेशनको उद्घाटन सकिएसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु बत्तिसपुतली पुगेका हुन्। बैठकमा सभापतिका दाबेदारहरू सबै सहभागी छन्।

नेपालभ्युज

उम्मेदवार टुङ्गो लगाउन कांग्रेस संस्थापन इतरको बैठक जारी

काठमाडौं। महाधिवेशनको उद्घाटन सत्र सकिँदासम्म साझा उम्मेदवार चयन गर्न नसकेको नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा इतर पक्षको बैठक शुुरु भएको छ।

काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा अहिले बैठक जारी छ। महाधिवेशनको उद्घाटन सकिएसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु बत्तिसपुतली पुगेका हुन्। बैठकमा सभापतिका दाबेदारहरू सबै सहभागी छन्।

एक नेताले भने ‘‘महाधिवेशनमा साझा उम्मेदवार चयनका लागि छलफल भइरहेको छ। भोलि बिहानबाटै निर्वाचन प्रक्रिया शुरु गर्नुपर्ने भएकाले आजै साझा उम्मेदवार चयन गरिसक्नुपर्नेछ।’’

इतर पक्षमा चार जना सभापतिका आकांक्षी रहेका छन्। रामचन्द्र पौडेल, शेखर कोइराला, शशांक कोइराला र प्रकाशमान सिंहले दाबेदारी प्रस्तुत गरिररहेका छन्। सभापतिको साझा उम्मेदवार टुङ्गो लाग्न सकेको छैन।


Comment

One thought on “उम्मेदवार टुङ्गो लगाउन कांग्रेस संस्थापन इतरको बैठक जारी

  1. आज हामि जनताको साशन भन्छौ, नेपालमा यसको सुरुवात गर्ने, त्यो बिपीको नै देन हो l कुनै पनि कुराको सुरुवात गर्न र त्यसलाई मान्यता दिन ठुलै चुनौतीको सामना गर्नु पर्छ त्यसपछि विभिन्न गुट उपगुट बन्नु, नया पार्टी आउनु स्वोभाबिकैको तसर्थ बि पी नै नेपालि जनताको लोकतान्त्रिक हक दिलाउने र आजको माग सम्म ल्याउने नेपालीकोलागी ठूलै त्याग गरेका नेता हुन , नेपालि कांग्रेसले उनि र संगै यस कार्यलाई अघि बढाउने समकालीन अन्य ब्यक्तित्वको सिद्धान्त, आचरण र त्यागलाई मध्यनजर राखी अहिलेको माग अनुसार देस र समाजलाइ अघि बढाउनुकोलागि नेतृत्व लिन सक्ने व्यक्तित्व चयन गर्नु नेपालि कांग्रेसको आजको आबश्यकता हो l
    अन्तमा पार्टी प्रणाली विधि र पद्धतिमा चलाउनु पर्छ l सत्ता मोह त्यागगरि सिद्धान्त र व्यवहार संगै लैजान समेत सुझाबका साथै अबको नया नेता चयनमा ध्यान दिन एउटा साधारण नागरिकको यो सुझाब हो l
    धन्यबाद साथै अधिवेशनको शुभकामना l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved