परनिर्भर अर्थतन्त्रलाई बदल्न कृषिमा लगानी बढाउनुपर्छः बाबुराम भट्टराई

भट्टराईले भने, “खुला सिमानाका कारणबाट समेत छिमेकबाट कृषिजन्य बस्तुको आयात बढ्दा यहाँको उत्पादनले प्रतिस्पर्धा गर्न सकेको छैन। कृषि क्षेत्रमा राज्यको लगानी वृद्धि हुनु आवश्यक छ।”

नेपालभ्युज

कास्की। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुगौली सन्धी यता नेपालको अर्थतन्त्र परनिर्भर रहेको र प्रारम्भिक स्तरका उद्योगधन्दा समेत प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको बताएका छन्।

‘गाउँको उत्पादन शहरमा, शहरको पूँजी गाउँमा’ को नारासहित स्थापित मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको क्षेत्रीय कार्यालय तथा कृषि प्रदर्शनी केन्द्रको आज पोखरा–८ नागढुङ्गामा उद्घाटन गर्दै भट्टराईले कृषि क्षेत्रको विकासका माध्यमबाट उत्पादन वृद्धि गर्दै परनिर्भर अर्थतन्त्रलाई बदल्नु आवश्यक रहेको उल्लेख गरे।

भट्टराईले भने, “नेपालको आयात/निर्यातको अनुपात दशकौँ अघिदेखि बढेको छ। छिमेकी मुलुकहरुमा कृषि क्षेत्रमा राज्यले ठूलो मात्रामा अनुदान दिएकाले उत्पादन सस्तो छ। खुला सिमानाका कारणबाट समेत छिमेकबाट कृषिजन्य बस्तुको आयात बढ्दा यहाँको उत्पादनले प्रतिस्पर्धा गर्न सकेको छैन। कृषि क्षेत्रमा राज्यको लगानी वृद्धि हुनु आवश्यक छ।”

कृषि क्षेत्रको विकासको आफ्नो नियम रहेकाले त्यसलाई आत्मसाथ गर्नु जरुरी रहेको बताउँदै भट्टराईले पुरानो व्यवस्था र संरचना भत्काउनका लागि आफूहरुको पुस्ताको योगदान रहेपनि नयाँ बनाउने तर्फ खासै योगदान नभएको उल्लेख गरे।

“पुरानो राज्य व्यवस्था संरचना भत्काउन हाम्रो पुस्ताले योगदान गरेको हो। तर पुरानो भत्काउनु र नयाँ बनाउनु अलग हो। नयाँ बनाउन अलि मिलेको छैन। विज्ञ भनिने साथीहरुमा पनि विज्ञतालाई समयानुकल प्रयोग गर्ने सन्दर्भमा कमी देखिएको छ”, उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved