देश बनाउन कांग्रेसलाई एमालेको साथ छ : ओली

नेपालभ्युज

देश बनाउन कांग्रेसलाई एमालेको साथ छ : ओली
फाइल तस्वीर

काठमाडौं। ​नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग सहकार्य गर्न एमाले तयार रहेको बताएका छन्। ‘कांग्रेस, नेपालको राजनीतिक र सामाजिक परिवर्तनमा गौरवपूर्ण योगदान गरेको पार्टी हो । देशलाई अघि बढाउने दिशामा यस महाधिवेशनले काम गर्नेछ भन्ने मलाई लाग्छ,’ कांग्रेस महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने,‘नेपाल पहिलेजस्तै छ भन्ने होइन। राणा शासनको अन्धकारबाट हटाएर, राजतन्त्र फ्यालेर गणतन्त्र ल्याउनेसम्म, नागरिक स्वाभिमान बढाउने, देश विकाससम्मको महत्वपूर्ण अभिभारा दलहरुले लिएका छन्।

खासगरी, कांग्रेस र एमालेजस्ता पार्टीहरुले महत्वपूर्ण भूमिका लिएका छन्। यस उप्रान्त पनि देशको राजनीति र अर्थतन्त्रलाई, देशको संस्कृतिलाई रक्षा सम्वद्र्धन गर्ने अभिभारा यीनै पार्टीहरुको काँधमा छ ।’

उनले राष्ट्रियता, लोकतन्त्रको रक्षा, विवकास, सुशासन, स्थिरता, सामाजिक न्याय र समानताको सवालमा कांग्रेससँग सहकार्य गर्न एमाले सधैं तयार रहेको बताए। ‘देश बनाउन सँगै जाने कुरामा एमाले कांग्रेसको साथमै छ। तर, सरकारमा जानका लागि हो कि देश बनाउनका लागि सहकार्य हो ? के हामी सँगै मिलेर लडेका छैनौं ?’ ओलीले भने,‘सरकारबाट हट्नुपर्ला कि भन्ने कतिपयलाई चिन्ता होला। नेकपा एमाले एक्लै हिंड्ने रहर गर्दैन।’

आफ्नो नीतिमा सत्तासाझेदार दलहरुलाई हिंडाउन पनि ओलीले कांग्रेसलाई सुझाव दिए । ‘नेपाली कांग्रेस सबैलाई साथ लिएर चलोस्। तर, अरुका नीतिका पछाडि होइन, आफ्ना नीतिमा अरुलाई हिडाओस्। शेरबहादुर जी प्रधानमन्त्री मात्रै होइन, सरकारको नेता हुनुस् भन्ने मेरो शुभकामना छ,’ ओलीले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved