कांग्रेस महाधिवेशन : चार पूर्वप्रधानमन्‍त्री एउटै मञ्‍चमा

नेपालभ्युज

कांग्रेस महाधिवेशन : चार पूर्वप्रधानमन्‍त्री एउटै मञ्‍चमा

काठमाडौं । नेपाली कांग्रेसको पाँचौ महाधिवेशन भृकुटीमण्डपमा शुरु भएको छ। महाधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी हुन विभिन्‍न पार्टीका तथा शीर्ष नेता तथा पूर्व प्रधानमन्‍त्रीहरु उपस्थित भएका छन्।

कांग्रेस सभापित तथा पूर्वप्रधानमन्‍त्री शेरबहादुर देउवासँगै चारजना पूर्व प्रधानमन्‍त्रीहरु यस समारोहमा सहभागी छन्।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्‍त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्‍त्री प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्‍त्री माधव नेपाल, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत विभिन्‍न दलका शीर्ष नेताहरु कार्यक्रममा उपस्थित छन्।

कांग्रेसका झन्डै ४ हजार ७ सय महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्दैछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved