द्वन्द्वपीडितलाई चाँडै न्याय दिलाउने प्रधानमन्त्री देउवाको प्रतिबद्धता

नेपालभ्युज

द्वन्द्वपीडितलाई चाँडै न्याय दिलाउने प्रधानमन्त्री देउवाको प्रतिबद्धता
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वकालीन घटनाका पीडितहरुलाई चाँडै न्याय दिलाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

राष्ट्रिय मानव अधिकार आयोग नेपालद्वारा शुक्रबार काठमाडौंमा आयोजित ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कार्यक्रममा प्रधानमन्त्री देउवाले द्वन्द्वकालीन घटनाका पीडितलाई चाँडै न्याय दिलाउने बताए।

उनले राम्रो क्षतिपूर्ति दिएर भए पनि द्वन्द्वकालीन घटनाका पीडितहरुलाई न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरे।

नेपालमा मानव अधिकारसम्बन्धी धेरै अधिकार दिइएको उनको भनाइ थियो। पिछडिएका, महिला, दलित, जनजाति सबैलाई आरक्षण दिएको बताउँदै उनले द्वन्द्वपीडितका लागि पनि न्याय दिइने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved