झापामा जंगली हात्तीको आतंक

झापामा जंगली हात्तीको आतंक
फाइल तस्वीर

झापा। झापाको कमल गाउँपालिका–५ स्थित सिम्लेमा केही दिनयता दिनहुँजसो जंगली हात्तीले आतंक मच्चाउँदै आएको छ। बस्तीसँगैको रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गल क्षेत्रबाट निस्कने जंगली हात्तीले आतंक मच्चाउँदै आएपछि त्यहाँका बासिन्दा त्रसित हुन पुगेका छन्।

रातीपख देखापर्ने हात्तीले अन्नबालीसँगै घरमै आक्रमण गर्न थालेपछि रातभर त्रसित हुनुपरेको वडाध्यक्ष डम्बरबहादुर निरौलाले बताए। उनका अनुसार हात्तीले सिम्लेसहित टुक्रे, क्याम्पालगायतका बस्तीमा दिनहुँजसो आतंक मच्चाउँदै आएको छ। बुधबारमात्रै सिम्लेका कृष्णप्रसाद राईको घरमा हात्तीले क्षति पुर्‍याएको छ। राईको घरमा राखेका धानसहित अन्नबाली खाएर नष्ट पारेको हो।

दिनुहुँजसो हात्तीले बस्तीमा आतंक मच्चाउँदै आएपछि स्थानीयवासीले हात्ती नियन्त्रणको माग गदैआएका छन्। त्यस बस्तीमा बर्सेनि हात्तीले क्षति पुर्‍याउँदै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved