यो वर्ष आर्थिक वृद्धिदर ७ प्रतिशत हासिल गर्छौं : अर्थमन्त्री

नेपालभ्युज

यो वर्ष आर्थिक वृद्धिदर ७ प्रतिशत हासिल गर्छौं : अर्थमन्त्री
फाइल तस्वीर

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ७ प्रतिशत नै हासिल गर्न सक्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभाअन्तर्गत अर्थसमितिको बैठकमा उनले विभिन्न समस्यका कारण आर्थिक वृद्धिको लक्ष्य भेट्न मुश्किल हुने गरेकोमा यस वर्ष जलवायु परिवर्तनका बाबजुद आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने दाबी गरे।

यसैगरी उनले सरकारको पूँजीगत बजेट खर्च हुन नसक्दा बजारमा तरलता अभाव भएको बताएका थिए।

समग्र अर्थतन्त्रको पछिल्लो अवस्थाबारे जानकारी दिँदै उनले सरकारले बनाएको योजनाअनुसार पूँजीगत खर्च गर्न नसक्दा तरलता अभाव भएको बताए। शर्माले अर्थमन्त्री भएपछि पहिलो तीन महीनामा १० प्रतिशत र त्यसपछि प्रत्येक महीना १०/१० प्रतिशतका दरले पूँजीगत खर्च गर्ने बताएका थिए। तर उक्त योजनाअनुसार खर्च गर्न नसकेको स्वीकार उनले गरेका थिए।

अहिले राष्ट्र बैंकसँग १६ अर्ब तरलता रहेको उनको भनाइ थियो। तरलता व्यवस्थापनका लागि निरन्तर राष्ट्र बैंकसँग छलफल भइरहेको जानकारी उनले दिए।

हाल सरकारले वैदेशिक ऋण नलिएकाले तरलता अभाव भएको चर्चा पनि हुने गरेकोमा अहिलेसम्म अघिल्लो आर्थिक वर्षको तुलनामा ४० प्रतिशत अर्थात् ४ खर्ब १६ अर्ब रुपैयाँ राजस्व उठाइसकेकाले सरकारलाई पैसाको अभाव नभएको बताए। जसकारण आवश्कता परे मात्रै वैदेशिक ऋण लिने उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved