आज पनि ओरालो लाग्यो नेप्से

नेपालभ्युज

आज पनि ओरालो लाग्यो नेप्से

काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्ससे परिसूचक आज पनि ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम दिन नेप्से परिसूचक ५ दशमलव ८४ अङ्कले ओरालो लागेर दुई हजार ४४९ दशमलव ९७ मा ओर्लेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमलव ४३ अङ्कले उकालो लागेर ४६५ दशमलव २३ मा पुगेको छ।

नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत सुस्ताएको छ। कूल २३१ कम्पनीको ६२ लाख २३ हजार ७२१ कित्ता शेयर दुई अर्ब ६७ करोड ३३ लाख आठ हजार ७९२ रुपैयाँ मूल्यमा खरिद बिक्री भए। बिहीबारको कारोबारपछि बजार पुँजीकरण ३४ खर्ब ४४ अर्ब २६ करोड ४२ लाख ८० हजार रुपैयाँ पुगेको छ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लागेको छ भने नौ उपसमूहको शेयर ओरालो लागेको छ। होटल तथा पर्यटन १८ दशमलव ७७, अन्य ४ दशमलव १७, सामूहिक लगानी कोष ० दशमलव ०१ र लगानी ० दशमलव १२ अङ्कले उकालो लागेको छ।

यस्तै, बैंकिङ २ दशमलव ३५, व्यापार १९ दशमलव ३४, विकास बैङ्क २१ दशमलव ९२, जलविद्युत् १७ दशमलव ०१, वित्त १६ दशमलव २८, निर्जीवन बीमा ६० दशमलव २७, उत्पादन २१ दशमलव २९, लघुवित्त २५।१७ र जीवन बीमा ३४ दशमलव ४३ अङ्कले ओरालो लागेको छ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आठ करोड ८५ लाख ५२ हजार २०५ बराबरको कारोबार भयो। यस्तै, अपि पावर कम्पनी आठ करोड ६२ लाख २१ हजार ९०९, नबिल बैङ्क आठ करोड १४ लाख चार हजार ३९१, महालक्ष्मी विकास बैंक आठ करोड सात लाख २९ हजार र नेशनल हाइड्रोपावर सात करोड ३८ लाख दुई हजार ६७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए।

नेप्सेका अनुसार सिनर्जी पावर ४ दशमलव ५५, लक्ष्मी इक्विटी फण्ड ४, सपोर्ट माइक्रोफाइनान्स ३ दशमलव ४४,सिंगटी हाइड्रोपावर ३ दशमलव २४ र बोटलर्स नेपाल तराईका लगानीकर्ताले ३ दशमलव १७ प्रतिशतले कमाए। यस्तै, सामुदायिक लघुवित्त ५ दशमलव ८२, श्री इन्भेस्टमेन्ट फाइनान्स ५ दशमलव १४, एनआईसी एशिया लघुवित्त ४ दशमलव ११, घलेम्दी हाइड्रोपावर ४ दशमलव ०२ र सबैको लघुवित्तका लगानीकर्ताले ३ दशमलव ९३ प्रतिशतले गुमाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved