प्रदेश पदाधिकारी र सदस्य सङ्ख्या थप्ने माओवादीको निर्णय

नेपालभ्युज

प्रदेश पदाधिकारी र सदस्य सङ्ख्या थप्ने माओवादीको निर्णय

काठमाडौँ। नेकपा (माओवादी) ले प्रदेश समिति पदाधिकारी र सङ्ख्या समेत बढाएको छ । माओवादी केन्द्रको स्थायी समिति बैठकले यसअघिको ७ पदाधिकारीमा थप गर्दै ९ जना राख्ने निर्णय गरेको हो।

अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सचिव र कोषाध्यक्ष रहने प्रवक्ता कृष्णबहादुर महराले बताए। त्यस्तै प्रदेश समितिको सङ्ख्यासमेत बढाएको छ।

यसअघि १ सय ७५ सदस्यीय समिति बनाउने भनिएकोमा त्यसलाई बदल्दै १७५ लाई आधार मानेर निर्वाचन क्षेत्र र पालिकालाई आधार मानेर सङ्ख्या थप गर्ने भएको हो।

अब प्रदेश १ मा २५९, प्रदेश २ मा २७१, वागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिममा २२३ सदस्यीय प्रदेश समिति बन्ने छन्। माओवादीले यही मङ्सिर २५ गते प्रदेश सम्मेलन गर्दै छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved