कांग्रेस महाधिवेशनमा भाजपाबाट दुई अतिथि आउने

नेपालभ्युज

कांग्रेस महाधिवेशनमा भाजपाबाट दुई अतिथि आउने

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा विदेशी पाहुनाका रूपमा भारतीय जनता पार्टी (भाजपा) का दुई प्रतिनिधि नेपाल आउने भएका छन्।

पार्टीको १४ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा स्वदेशी तथा विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति गठन गरिएको छ।

भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालले आज एक ट्वीट गर्दै भाजपाबाट पूर्वमन्त्री तथा भाजपा नेता डा हर्षवर्द्धन र भाजपाका केन्द्रीय सचिव हरिष द्विवेदी नेपाल आउने जानकारी दिएका हुन्।

कांग्रेको १४ औं महाधिवेशन भोलि (२४ कात्तिक) देखि काठमाडौंमा शुरु हुँदै छ। महाधिवेशनमा सहभागी हुन कांग्रेस विभिन्न देशबाट अतिथिहरूलाई बोलाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved