कांग्रेस संस्थापनइतरले अझै टुंग्याउन सकेन सभापतिको साझा उम्मेदवार

नेपालभ्युज

कांग्रेस संस्थापनइतरले अझै टुंग्याउन सकेन सभापतिको साझा उम्मेदवार

काठमाडौं । बुधबार दिउँसोदेखि प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको नेपाली कांग्रेस संस्थापनइतर समूहको बैठकले १४ औं महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार चयन गर्न सकेन।

सभापतिका आकांक्षी नेताहरूले अडान नछाडेपछि अब साझा उम्मेदवार बनाउने सम्भावना कम हुँदै गएको छ। आज मात्र यो समूहले दोस्रो पटक बैठक राखेको थियो। यद्यपि नेताहरूको भेटघाट पनि तीव्र थियो।

महामन्त्री शशांक कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सारेर साझा उम्मेदवार बनाउन चाहे पनि अन्य नेताहरूसँग कुरा मिल्न नसकेको हो। लगातारको बैठकपछि नेता शेखर कोइराला र प्रकाशमानसिंहबीच कसलाई उम्मेदवार बनाउने भन्नेमै बैठक चलिरहेको सहभागी एक नेताले बताए।

दिउँसो तीन बजे बोलाइएको बैठक केही समय ढिलागरी बसेको थियो। बैठकमा नेता सिंहसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, शेखर कोइराला, रामशरण महत, महेश आचार्यलगायत नेताहरू उपस्थित थिए।

बैठकमा सहभागी ती नेताका अनुसार दाबेदार सिंह र शेखरबीच मिल्ने सम्भावना पनि कम हुँदै गएको छ। उनका अनुसार सभापतिका एक दाबेदार शशांक कोइराला पछि हटे पनि पौडेल, कोइराला र सिंह आफू आफू लड्ने मनस्थितिमा यथावत् छन्।

नेता अर्जुननरसिंह केसीका अनुसार पनि अझैसम्म सभापतिमा कुरा मिल्न सकेको छैन। भोलि बिहान ८ बजे फेरि यसै विषयलाई लिएर बैठक राखिएको कांग्रेस नेता गुरु घिमिरेले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved