भारतीय सेनाका सीडीएस जनरल विपिन रावतको निधन भएको पुष्टि

नेपालभ्युज

भारतीय सेनाका सीडीएस जनरल विपिन रावतको निधन भएको पुष्टि

एजेन्सी । भारतीय पहिलो चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतको निधन भएको छ। भारतीय वायु सेनाले रावतको निधन भएको जानकारी ट्वीटरमार्फत दिएको हो।

बुधबार रावतसहित १४ जना चढेको हेलिकोप्टर तमिलनाडुको कुन्नुरमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा परेर रावतकी पत्नी मधुलिकासहित १३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ।

कन्नुरमा बुधबार दिउँसो झन्डै १२ बजेर २० मिनेट जाँदा हेलिकोप्टर दुर्घटना भएको थियो। भारतीय रक्षा स्रोतका अुनसार जनरल रावतको मृत्युको खबर पुष्टि भइसकेपछि प्रधानमन्त्री रनेन्द्र मोदीले सुरक्षा मामिलाको क्याबिनेट कमिटी अर्थात् सीसीएसको बैठक ६ बजेर ३० मिनेटका लागि बोलाएका छन्।

यसपछि निधनको औपचारिक घोषणा बाहिरिनसक्ने दैनिक भास्करमा प्रकाशित समाचारमा उल्लेख छ। यसअघि सबै घाइतेहरूलाई वेलिंगटनस्थित सैनिक अस्पताल लगिएको थियो, उनीहरूको अवस्था गम्भिर थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved