शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि कञ्चनपुरको एउटा विद्यालय बन्द

नेपालभ्युज

शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि कञ्चनपुरको एउटा विद्यालय बन्द

धनगढी। शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि कञ्चनपुरको एउटा विद्यालय बन्द गरिएको छ।

शिक्षक र विद्यार्थीसँगै अभिभावकमा समेत कोभिडको संक्रमण पुष्टि भएपछि जिल्लाको शुक्लाफाँटा नगरपालिका-१ बन्साहामा रहेको कृष्ण आधारभूत विद्यालय बन्द गरिएको हो।

विद्यालयका २ शिक्षक र कक्षा ५ मा अध्ययनरत एक ११ वर्षीय विद्यार्थीका साथै उनकी आमामा पनि संक्रमण पुष्टि भएपछि सोमबारबाट विद्यालय बन्द गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले बताए।

उनीहरू सबैमा आइतबार एन्टिजेन परीक्षणबाट संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख भट्टले बताए । उनीहरूलाई संक्रमण देखिएपछि कन्ट्रयाक्ट ट्रेसिङमा परेका १० जना शिक्षकहरूको कोरोना परीक्षण गर्दा उनीहरूमा भने संक्रमण नदेखिएको भट्टले बताए।

दुई तीन दिनदेखि ज्वरो आइरहेको बालकको स्वाब परीक्षण गर्दा संक्रमण देखिएको थियो। त्यसलगत्तै उनकी आमामा पनि संक्रमण पुष्टि भएको हो । दोस्रो लहरको कोभिड संक्रमण कम भएपछि विद्यालयहरूमा भौतिक उपस्थितिमै पढाइ हुँदै आएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved