राष्ट्रकविको सम्मानस्वरूप हुलाक टिकट प्रकाशन

नेपालभ्युज

राष्ट्रकविको सम्मानस्वरूप हुलाक टिकट प्रकाशन

काठमाडौं । सरकारले राष्ट्रकवि डा.माधव घिमिरेको योगदानको सम्मानस्वरुप हुलाक टिकट प्रकाशन गरेको छ।

बुधबार सिंहदरबारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रकवि घिमिरेको तस्बिरअंकित हुलाक टिकटमा टाँचा लगाई सार्वजनिक गरेका हुन्। राष्ट्रकवि डा माधव प्रसाद घिमिरेको जन्म १९७६ असोज ७ उल्लेखित उक्त हुलाक टिकट १० रुपैयाँको छ।

कार्यक्रममा मन्त्री कार्कीले राष्ट्रकवि घिमिरेले आफ्ना रचना नेपाली जनतामाफ सम्पतीका रुपमा छाडेर जानुभएको भन्दै धर्ती रहुन्जेल उहाँलाई स्मरण गरिने बताए। राष्ट्रकवि घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन हुनु राष्ट्रका लागि गौरवको विषय भएको र उहाँ नेपालीको प्रेरणाको स्रोत रहिरहने उनको भनाइ छ।

उक्त हुलाकटिकटको डिजाइन पुमा कला लिम्बुबाट भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved